निरञ्‍जन सापकोटा

निरञ्‍जन सापकोटाका लेखहरु :

नेपाली सञ्‍चार माध्यममा जातका कुरा : सहानुभूति कि समानुभूति ?

सोह्रश्राद्ध सुरु भएको पहिलो दिन, घरमा सँगै बस्ने भाउजूले चिया खान दिँदा अचम्ममा परेँ । हामीले सँगै बसेर खाना खाने टेबुलमा दाइ र भाउजू बसेर चिया खाँदै हुनुहुन्थ्यो । म कोठाबाट निस्किएपछि उहाँको व्यवहार अलि भिन्न पाएँ । उहाँमा मैले छोइदेला भन्ने अनौठो संशय देखिन्थ्यो ।