१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

नरेश कोइराला

नरेश कोइरालाका लेखहरु :

अविचलित बीपी

फागुन ४, २००७ । तिनताक गौचरन भनिने आजको त्रिभुवन विमानस्थलमा काठमाडौंभरिका मानिस जम्मा भएका थिए । त्यो दिन तत्कालीन राणा सरकारलाई छलेर, आफ्नो अधिकारको पुनःस्थापना र चलिरहेको प्रजातन्त्रको आन्दोलनको समर्थनमा हिन्दुस्तान निर्वासनमा गएका राजा त्रिभुवन तथा नेपाली कांग्रेसका नेता बीपी कोइरालालगायत अरू नेताहरू नेपाल फर्किंदै हुनुहुन्थ्यो । त्रिभुवन र बीपी दुवैसँग पारिवारिक सम्बन्ध भएकाले त्यो दिन हाम्रो घरमा विशेष उत्साह थियो । आमाको विवाहमा त्रिभुवनले कन्यादान दिएकाले मेरी आमा त्रिभुवनको धर्मछोरी (गडडटर) हुनुभयो । राजाको जन्मदिन र अरू चाडबाडमा हामीलाई दुईघोडे बग्गी पठाएर दरबारले बोलाउँथ्यो । मेरो बुवा त बीपीको भतिजा नै हुनुभयो ।