२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

नारायण घिमिरे

घिमिरे क्यानडा निवासी खाद्य वैज्ञानिक हुन् । ।

नारायण घिमिरेका लेखहरु :

अर्गानिक खेतीको अर्थ

कुनै पनि राष्ट्रले कुनै अमूक प्रणाली अपनाउनुका पछाडि आधारभूत उद्देश्य हुन्छन् । मोटामोटी रूपमा अर्गानिक खेती प्रणाली अपनाउनुका पछाडि पनि आधारभूत उद्देश्य छन् । जस्तै : दीर्घकालसम्म माटोको उत्पादकत्व कायम राख्न । कृषि प्रविधिका कारण हुनसक्ने सबै प्रकारका प्रदूषण रोक्न ।

वैज्ञानिक र वैदिक ज्ञान 

जब हामी कुनै वस्तुलाई हेर्छौं, त्यसको लेखाजोखा लम्बाइ, चौडाइ, उचाइ, तौल, शक्ति, गति, तातोपन लगायतका कुराहरूबाट राख्ने गर्छौं । महसुस भने वस्तुको रङ्ग, स्वाद, गन्ध, ध्वनि, छुँदा प्राप्त हुने अनुभव आदिबाट हुने गर्छ । विज्ञानले विषय–वस्तुलाई भौतिक मापदण्डका आधारमा बुझ्ने गर्छ । 

भदलामा उमालेको दूध 

संसारका ४० प्रतिशत मानिस नियमित दूध सेवन गर्छन् । प्रायः धेरै विकसित मुलुकहरूमा प्रशोधन नगरी दूध पिउन र बजारमा लगी बिक्री गर्न प्रतिबन्ध छ । पोषिलो पदार्थमा शरीरलाई हानिकारक हुने व्याक्टेरिया र पेथोजन संक्रमणमा पर्ने हुँदा पेथोजनमुक्त दूधको सहज उपलब्धताका लागि बन्द भाँडामा पठाइने प्रशोधित दूधमात्र पिउने नियम बनाइएको हो । 

छाकैपिच्छे साग

पछिल्लो समय बायोसाइन्स क्षेत्रमा प्राप्त उल्लेखनीय सूचनाहरूका कारण आज मानिसले के खाने र किन खाने भन्ने अवधारणामै अमूल परिवर्तन आएको छ । हिजैसम्म पनि हाम्रा चिकित्सक, खाद्य र पोषण विज्ञहरूले सर्वसाधारणको तागतका लागि भिटामिन र पोषणका लागि कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो, भिटामिन, मिनरल, फाइबर र पानीको समुचित संयोजन मिलेको सन्तुलित आहारले शरीर हृष्टपुष्ट राख्छ भनेर दिने सल्लाह नै आज अपूर्ण र अर्धसत्य भइसकेको छ ।

स्वस्थ खानाको कखरा

स्वस्थ मानिसमा रगतको पीएच ७.३५ देखि ७.४५ सम्म हुन्छ । त्यो हल्का क्षारीय (अल्कालाइन) हो । भनिन्छ, हाम्रो शरीर पानीको फोकाजस्तै लाग्ने कम्तीमा ३७.२ खर्ब कोषबाट बनेको हुन्छ । ती कोषलाई स्वस्थ राख्ने हो भने त्यस्तो खाना खानु आवश्यक हुन्छ, जसले पाचनक्रियापश्चात् आन्द्रामा रहने घोल हल्का अल्कालाइन रहिरहोस् ।

गौंडो बिराएको नवोन्मेष

लिइसकेका तथा आफ्नो क्षमता प्रमाणित गरिसकेका व्यक्तिलाई संसारभरि विषयविज्ञ मान्ने चलन छ । तपाईं अध्यापन गर्नुहुन्छ भने शोधपत्र, प्रयोगात्मक कक्षा, एकेडेमिक अनुसन्धान आदि अध्यापनकै नियमित गतिविधि गनिन्छन् । अध्यापनको नियमित प्रक्रिया बाहेक व्यावहारिक अनुसन्धानमा संलग्न भई नवोन्मेष (इनोभेसन) का क्षेत्रमा २० हजार घण्टा अनुभव लिएका प्राज्ञहरूसमेत विषयविज्ञ हुन् । 

आविष्कार भए उन्नति

संसारमा मुख्यतः दुई प्रकारका अनुसन्धान हुन्छन् । एउटा, कुनै पनि विषयमा खोज्ने तर त्यसको निष्कर्ष केमा सदुपयोग गर्ने भन्ने सोचाइ नराख्ने प्राज्ञिक ( सैद्धान्तिक) अनुसन्धान । अर्को, पहिचान गरिएको समस्या सुल्झाउने उद्देश्यले गरिने व्यावहारिक (एप्लाइड) अनुसन्धान । सैद्धान्तिक अनुसन्धानमा सफल देखिएका धेरै अनुसन्धानका नतिजालाई हाताहाती प्रतिफल दिनेगरी व्यावसायिकीकरण गर्न सकिन्न । 

तातोपानी कुण्डबाट कमाइ

तीर्थ र आरोग्यका लागि संसारभर तातोपानी कुण्डमा ‘तातोपानी कुण्डयात्री’ धाउने परम्परा छ । तातोपानीको छहरामा नुहाउँदा होस् या कुण्डमा डुबुल्की मार्दा, तातोपना, मिनरल र सूक्ष्म तत्त्वले शरीरलाई दिने थेरापी स्वास्थ्यलाभको वैकल्पिक उपचार हो ।

दूधभन्दा महँगो गहुँत

गत जुलाईमा भारतको राजस्थानमा गिर र थारपारकर जातको उन्नत नस्लका गाईको गहुँत १५ देखि ३० रुपैयाँ प्रतिलिटर बिक्री भइरहेको थियो । दूधको भाउ भने प्रतिलिटर २२ देखि २५ रुपैयाँ थियो । महाराष्ट्रको केशवशास्त्री गौशालाको २ सय ३० गाईबाछाबाट बिहानै ४ बजे २ सय लिटर गौमूत्र नजिकैको डिस्टिलेसन युनिटमा पुर्‍याइँदै थियो ।