मिलन बगाले

मिलन बगालेका लेखहरु :

आपत् र ओतको सहरी सम्बन्ध 

जबजब कुनै देशमा आपत् आउँछ, सहरमा बढी खलबल मच्चिन्छ । आपत्को खबर देश–विदेश सबैतिर अलि चर्कोसँग सुनाउने हैसियत सहरकै हुन्छ । सहरमा ठूलो जनसंख्या हुने भएकाले समस्याका आयाम र गहिराइ पनि अनेक हुन्छन् ।

धूमिल सहरको धूमिल चित्र

शिवरात्रिको केही दिनअघि तुंख्य (टुँडिखेल) को दक्षिणी भागमा एउटा अचम्मको दृश्य देखियो । त्यो भागमा केही समयअघिदेखि माटो थुपारिएको छ । माटोको त्यस ढिस्कोमाथि आराध्यदेव शिवको बडेमाको चित्र उभ्याइएको थियो । टुँडिखेलको चौडाइ लगभग वारपार फैलिएको त्यो अग्लो ढिस्को शिवको एउटा चित्रले के छोपिन्थ्यो ? ढिस्को ढाक्न सेतो र हरियो कपडा पनि टम्म मिलाएर फिँजाइएको थियो ।

ग्रिलको सहर, दिलको सहर !

जब कुनै सहरको कुनै टुक्रा घडेरीमा घर निर्माणको सुरसार चल्छ, सेरोफेरोमा अनौठा दृश्य देखिन्छन् । भूमिपूजन सुरु गरेसंँगै बजारको घेराबन्दी सुरु हुन्छ । घडेरी वरिपरि मोटरसाइकलको ओइरो लाग्छ । अफरै अफरको घेरो लाग्छ । इँटाको अफर । गिटी र बालुवाको अफर । डन्डीको अफर ।