मेरी डेसेन 

मेरी डेसेन का लेखहरु :

एमसीसी : नेपालको बिब्ल्याँटो बाटो

बेलायतको द्विपक्षीय सहायता एजेन्सी ‘डीएफआईडी’ भर्खरै उसको परराष्ट्र कार्यालयमा गाभिएको छ । उता संयुक्त राज्य अमेरिकाले भने आफूले प्रदान गर्ने वैदेशिक सहायतालाई आफ्नो परराष्ट्र निकायबाट अलग्याउन सुरु गरेको छ । झट्ट हेर्दा विपरीतजस्तो देखिए तापनि यी दुई काममा वास्तवमा धेरै समानता छन् ।

आणविक विधेयकमा मनलागी

‘होसियार है, नेपाललाई आणविक राष्ट्र बनाइँदैछ !’ यसरी हामीले यही माघमा ‘कान्तिपुर’का पाठकहरूलाई खबरदारी गरेका थियौं । विशेषतः संसद्मा दर्ता भएको पारमाणविक विधेयकभित्र लुकिरहेका कतिपय खतराबारे जानकारी दिन खोजेका थियौं । त्यसपछि पक्रकार, जनस्वास्थ्य विशेषज्ञ, आणविक रासायनिक विज्ञ, एकाध सांसदसँगै नागरिक समाजका व्यत्तित्वहरूले गम्भीर सवाल उठाएर बहस सिर्जना गरे ।