लक्ष्मण श्रेष्ठ

लक्ष्मण श्रेष्ठका लेखहरु :

महामारीमा किन विज्ञानकै भर पर्नुपर्छ ?

विसं. २०३० को दशकको अन्तिमतिरको कुनै वर्ष । अर्घाखाँचीको सदरमुकाम नजिकै रहेको गाउँमा एकजना महिला बिरामी भइन्। छिनछिनमा पखाला लाग्ने र बान्ता चल्ने भयो । सिकिस्तै भएपछि उनले पानी माग्थिन् । तर मानिसहरूले उनलाई पानी पिउन दिएनन् । पानी पिउन दियो भने पखाला बढी चल्छ भन्ने ‘भ्रम’ (त्यतिबेलाको आम जनविश्वास)ले उनलाई अन्ततः मृत्युको मुखमा पुर्‍यायो ।