लतिका गोल्यान

लतिका गोल्यानका लेखहरु :

कृषि क्षेत्रमा प्रविधि बढाउन जरुरत 

चेन्नई मेरो जन्मभूमि हो । नेपाल आएको झण्डै २० वर्ष भयो । कृषि, उत्पादनमूलक, आतिथ्य, निर्माण लगायतका व्यवसायमा आवद्ध छु । ५ वर्षअघि कृषिमा आवद्ध हुँदा नेपालमा सम्भावना भएका धेरै क्षेत्र देखेँ । अझै पनि नेपाली वस्तुहरु निर्यात पर्याप्त हुन सकेको छैन । हाम्रा कृषक, साना उद्यमीलाई बजारको अभाव छ । ज्ञान, सूचनाको अभाव छ । त्यसैले हामीले मेड इन नेपालको सुरुवात गर्‍यौं । जिल्लामा रहेका किसान, साना उद्यमीसँग सहकार्य गर्न थाल्यौं । बजारसम्म किसानको पहुँच पुर्‍याउन उनीहरुसँग हातेमालो गर्‍यौं ।