इरावती कर्वे

इरावती कर्वेका लेखहरु :

युगान्त : के युद्धको कारण साँच्चिकै द्रौपदी थिइन् ?

द्रौपदी र सीता दुईवटा भारतीय महाकाव्य महाभारत र रामायणका प्रमुख नारीपात्र हुन् । दुवै धर्तीपुत्री हुन् । सीता यज्ञका लागि हलो जोत्ने क्रममा फेला परेकी थिइन् । द्रौपदीचाहिं यज्ञाग्निबाट निस्किएकी थिइन् । दुवै जनाको हात स्वयंवरमा आफूलाई सर्वश्रेष्ठ धनुर्धर साबित गर्ने पुरुषको हातमा थमाइएको थियो । दुवै जना वनवास गएका थिए । सीता १४ वर्ष वनवासमा रहिन्, द्रौपदी १३ वर्ष ।