ध्रुब थापा

ध्रुब थापाका लेखहरु :

निर्यातमा भारतको उच्च तहबाट भइरहेको अवरोध हटाइदिनुपर्छ

हामी सिमेन्ट उत्पादनमा आत्मनिर्भर भएको ५/६ वर्ष भइसक्यो । हामी निर्यातमुखी पनि भएका छौं । देशको व्यापार घाटा डरलाग्दो अवस्थामा छँदा सिमेन्ट निर्यातलाई सकारात्मक रूपमा लिनुपर्छ । तर सिमेन्ट उद्योगमा जुन तरिकाले निजी क्षेत्रको प्रवेश भयो, त्यसअनुसार पूर्वाधार विकास हुन सकेको छैन । ०७२ सालको भूकम्पपछि विकास निर्माणको काम तीव्र हुन्छ जस्तो लागेको थियो । सिमेन्ट, डन्डीलगायत निर्माण क्षेत्रसँग सम्बन्धित उद्योग फस्टाउँछन् भन्ने थियो । तर सोचेअनुसार भइदिएन ।