२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

विश्‍व सिग्देल

विश्‍व सिग्देलका लेखहरु :

झरी र ओतको रस्साकसी

झरी हराएको छैन । म पशुपतिमा छु । शिवलिङ्गहरूको भीडमा म पुलिङ्ग ओत लागेको छु । यतिखेर शिवलिङ्ग र यो पुलिङ्गको सिनारियो एउटै छ । दुवैमाथि एउटै ओत छ । झरी रोकिएपछि यो सिनारियो परिवर्तन हुनेछ । म ओतबाट निस्कनेछु र अर्को ओतमा पुग्न हतार गर्दै हुनेछु । शिवलिङ्ग अर्को झरीको प्रतीक्षामा उही ओतमै हुनेछ । यो त पछिको कुरा भयो । अहिले झरी परिरहेछ ।

पैतालाको भूगोल

हिँड्ने बेलामाथपक्क उठाएर खस्रा हातमाउसले नापेको थियो सानी छोरीका पैतालाजो, उसको चिउँडोदेखि नाकको फेदसम्मफैलिएका थिए ती कलिला – कलिला पातहरू