१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

विमर्श कँडेल

विमर्श कँडेलका लेखहरु :

किन पड्किरहन्छ अमेरिकामा बन्दुक ?

वेलिङ्टनकी कोल्वी सु वेदर्सले कालो हाई–पोइन्ट पिस्तोल किनेको एक महिना मात्रै भएको थियो । उनलाई आफैंलाई क्षति पुर्‍याउन खोज्ने, काल्पनिक पात्र खडा गरेर एकोहोरो संवाद गर्ने र औषधि बनिनसकेको ‘पारानोइड सिजोफ्रेनिया’ नामक रोग लाग्यो । रोगको प्रकृति बुझेपछि बुबा टेक्स डिलनाले उक्त पिस्तोल लुकाइदिए । 

ह्वाइट हाउसको निद्रा बिथोल्दै ‘हवाना सिन्ड्रोम’

सन् २०१७ को डिसेम्बर, रुसको मस्कोस्थित होटल मेरियट । मार्क पोलिमरोपोलोस (५१) ले त्यो रात ऐठनमा बिताए । ‘त्यस रात मलाई कसैले पटकपटक गोली हानिरहेजस्तो लागिरह्यो । सायद मेरो जीवनकै त्यो डरलाग्दो अनुभव थियो,’ अमेरिकी रेडियो एनपीआरसँग उनले भनेका छन् । अमेरिकी केन्द्रीय गुप्तचर विभाग (सीआईए) मा २६ वर्षसम्म अधिकृतको भूमिकामा रहँदा उनले इराक, सिरिया र अफगानिस्तान क्षेत्रमा यस्तै भयानक युद्ध अनुभव लिइसकेका थिए ।

अफगानिस्तानमा अन्धकार युग दोहोरिने चिन्ता

‘म खतरामा छु तर मैले आफ्नोबारेमा केही सोचेको छैन । सोचेको छु त केवल मेरो देशबारे । हालसम्मको परिवर्तनमा ल्याइपुर्‍याउने मेरो पुस्ताबारे पनि सोचिरहेको छु ।’अफगान फिल्म निर्माता सारा करिमीले बीबीसीसँगको कुराकानीमा भनेको अंश हो यो । उनले अफगानिस्तानलाई लिएर विश्व पुरानै दिनमा फर्किएको उल्लेख गर्दै फेरि उही ‘अन्धकार युग’ दोहोरिनेमा आफू चिन्तित बनेको बताएकी छन् ।