नक्कली भुटानी शरणार्थी प्रकरणले सामाजिक सञ्जाल मात्र नभएर नेपालको राजनीतिलाई नै रनक्क तताएको छ । ठूला दलका प्रभावशाली नेताहरूसमेत भटाभट पक्राउ पर्न थालेपछि गठबन्धन सरकारकै भविष्य जोखिममा पर्नेसम्मको अड्कलबाजी सुरु भएको छ । यो संगठित अपराध–अनुसन्धानको तीर नेपाली कांग्रेस र नेकपा (एमाले) का शीर्षस्थ नेताहरूतर्फ समेत सोझिन थालेको छ ।