२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

अनिता न्यौपाने

अनिता न्यौपानेका लेखहरु :

मुन्छेको जिन्दगी हाटे–यात्रा

लेखक ओम रिजालको पहिलो उपन्यास ‘हटारु’ हाट जानेको कथा होइन, हाटजस्तै जीवन भोगेका महिलाको कथा हो । यो संसारै एउटा हाट हो, बजार हो र हामी मानिसचाहिँ हटारु । मान्छेको जीवन हटारुका झैं दुःखहरूले निर्माण भएको छ ।

समाजको मानचित्रमा छोरीमान्छे

ऊ पसलबाट निस्कनु र म पस्नु उही समय भएको थियो । उसले मेरो अनुहार हेरी र हाँसी । मैले पनि उसको अनुहार हेरेर हाँस्न मात्रै भ्याएको हो । ऊ हतारमा थिई, म पनि । ऊ सहकारीको पैसा उठाएर पसलबाट निस्केकी थिई । म छोरीका लागि कपडा र जुत्ता किन्न पसलभित्र पसेको थिएँ । हाम्रो भेट वर्षौंपछि भएको थियो, तर गफिने, चिया खाने समय दुवैसँग थिएन । ‘के छ खबर ?’ उसले यति मात्रै सोधी । ‘ठीक छ’ मैले यत्ति भनें । उसले मेरो अनुहार हेरी र निन्याउरो भई । म उसको अनुहार हेरेर उज्यालो भएँ ।

महिला हप्काइरहेका लोग्नेहरू

८ मार्च भर्खरै सकियो । यो दिन आउनुअघि नै हामीले आ–आफ्ना संस्थाका कार्यक्रम–योजना सुनायौँ । सबैले आ–आफ्ना ठाउँबाट उपस्थितिका लागि अनुरोध गर्ने भनियो । तर, कार्यक्रमको अन्तिम दिन अर्थात् ८ मार्चकै दिन समयमा कोही आइपुगेनन् । बिस्तारै केही नारीहरू आउन थाले । किन ढिलो ? कसैले भने– खाना बनाउँदा बनाउँदै ढिला भयो । कसैले भने– दुई बाटा लुगा धुनु थियो त्यो सक्दा ढिला भयो । कोही भन्दै थिए– उहाँ हिजो कार्यक्रमबाट ढिला आइस्या थियो, बिहान चिया खुवाएर निस्कुँला भनेको उहाँ उठ्नै ढिलो भो । कोही त भन्दै थिए– आज पूजा पनि गर्न पाइएन । समस्याका आ–आफ्नै पहाड थिए ।