हरिवंश आचार्य

झिँगातन्त्र

श्रीमती माइत गएकी थिइन् । मचाहिँ ससुराली गएको थिइनँ । कोठामा एक्लै थिएँ, निद्रा लाग्दैन कि भनेर मनमा कुरा खेलाउँदै बत्ती निभाएको मात्र के थिएँ, केको एक्लै हुनु ? झ्यालको जाली, खापा खुलेको रहेछ । कोठाभरि लामखुट्टेको आमसभा भइरहेको रहेछ । कानमा आएर गीत गाउँदै नाचगान गर्न थाले । गालामा फ्याट्ट हान्छु, मर्‍यो कि भनेर हातले माड्छु लामखुट्टेको लास भेटिँदैन । फेरि कुइइ...य गर्छ ।

गणतन्त्र गान

ठूलठूला आन्दोलनमा राजधानीका जमल, रत्नपार्क र प्रदर्शनीमार्ग निकै तात्ने गर्छन् । हामी संस्थापक सदस्य रहेको काठमाडौं मोडल हस्पिटल प्रदर्शनीमार्गतिरै भएकाले आन्दोलनका घाइतेहरू त्यहाँ आउँथे । २०६२–६३ को जनआन्दोलनमा घाइतेको ओइरो थियो । सरकारी स्वामित्वका अस्पताल जाँदा प्रहरीले समात्ला भन्ने डर भयो । त्यसैले आन्दोलनका बेला मोडल अस्पताल खचाखच हुने मात्र होइन, बिस्तारै त्यहाँका औषधिमुलो सकिन थाले । घाइतेसँग पैसा लिने कुरा पनि भएन, औषधिमुलो जुटाउने उपाय पनि भएन ।

यसरी जन्म्यो हरिबहादुर

किताबलाई खान दिनु पर्दैन । लाउन दिनु पनि पर्दैन । घरमा एउटा सानो ठाउँमा बस्न दिए पुग्छ । किताब कहिल्यै रिसाउँदा पनि रिसाउँदैन । घुर्की पनि लगाउँदैन । किताबले कहिल्यै झगडा गर्दैन । मुख पनि फर्काउँदैन । किताबलाई चाहेको बेला पल्टाएर पढ्न सकिन्छ र बन्द गरेर राख्न सकिन्छ ।

हरिवंश आचार्यका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।