ध्रुव सिम्खडा

भर्चुअल शिक्षण : कति सहज कति असहज?

चैत २८ गते बिहान। राजधानी काठमाडौँका विभिन्न कलेज र स्कुलका शिक्षक तथा शिक्षासित सम्बन्धितहरु ४ घण्टाभन्दा लामो ‘भर्चुअल कन्फरेन्स अन अनलाइन टिचिङ’मा सहभागी भए। 

स्मृतिमा २०४६ को आन्दोलन: चाक्सीबारीदेखि धादिङको जेलसम्म

चैत २६ को पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई ‘जीवन वा वैयक्तिक स्वतन्त्रता’ कुन रोज्ने भनी प्रश्न गरेपछि मलाई ३० वर्षअघि आजकै दिनको याद आयो।

गाउँपालिका अध्यक्षहरुलाई पत्र

प्रिय अध्यक्षज्यूहरु– आरामै हुनुहोला । तपाइँका गाउँठाउँका बासिन्दा पनि निका आरामै होलान् भनी कमनासहित । तपाइँहरु निर्वाचित हुनुभएको पनि २ वर्ष भइसकेको छ । यस अवधिमा तपाइँहरुले आफ्ना मतदाताका लागि धेरै काम गर्नुभएको पनि होला ।

आमसभादेखि आममानिस डराउने दिन आएकै हो त ?

यतिबेला संसारभरिका सबै मानिसको एउटै नारा छ ः ‘सोसल डिस्ट्यान्स कायम गरौं । भीडभाडमा नजाऔँ । प्राणघातक कोभिड–१९ (कोरोना भाइरस) बाट बच्न घरभित्रै बसौँ ।’

‘स्टोरी टेलर’ शङ्करलाल सर र साँढे महाराजको कथा

फागुन २४ गते शनिबार अपरान्ह ‘घाम–पानी, घाम–पानी स्यालको बिहे’जस्तै भइरहेको थियो । मौसम कहिले खुल्ने अनि कहिले धुम्मिने।२०४० सालमा शान्ति विद्यागृह मावि, लैनचौरबाट एसएलसी दिएका हामी ५२ भाइ बालाजु बाइसधारा पार्कमा भेला भएका थियौं— एउटा सानो वनभोज कार्यक्रमको आयोजना गरेर । त्यस दिन हामीले सर, मिसहरूलाई अभिनन्दन गर्ने कार्यक्रम राखेका थियौं ।

ध्रुव सिम्खडाका लेखहरु :

‘कसको तागत अब प्रजातन्त्र खोस्ने ?’

२०४६ चैत ३ गते । हावाहुरीको समय । मुलुकमा पञ्‍चायती व्यवस्थाविरोधी आन्दोलनको राप र ताप दुवै बढेको समय । कांग्रेस र कम्युनिष्ट दुवैथरी मिलेर निर्दलीय पञ्‍चायती व्यवस्था फ्याँकेर बहुदल स्थापनाको जनआन्दोलनमा होमिएको समय । 

समाचार टिप्पणी : कांग्रेस कि कर्पोरेट कम्पनी ?

कांग्रेस मासमा आधारित पार्टी हो कि सुकिला–मुकिलाहरूले चलाउने कर्पोरेट कम्पनी ? द्रव्य सङ्कलनका योजना बुन्ने र राजनीति गर्ने मनसुवा हो भने जनताको सेवक हुँ भन्न मिल्दैन । लोकतान्त्रिक दलले संगठित व्यापार गर्न सुहाउँदैन । लोकतान्त्रिक पार्टी हो भने पीँधसम्म पुग्नु पर्छ । सेवाभावले जनजनको मनमनमा राज गर्न सक्नु पर्छ । नेता/कार्यकर्तासित ‘लेवी’ उठाउँदा कांग्रेसको मासवेस चरित्र समाप्त हुन्छ । 

थिङस्या

स्वाँरा खेतको कुलो । खहरेखोलाबाट आएको कञ्चन पानीको छाँगामा लगाइएको सुप्लाको धारामा रिठ्ठाले नुहाएर झाक्रो फिँजारेर बस्ने त उसको बानी नै थियो । फेरि घर भन्नु नै के थियो र ? 

कालिजको नियतिमा कांग्रेस

गाउँमा छँदा सिकारीहरूले कालिजबारे भनेको सुनेको थिएँ, ‘कालिज चराले बेजोडको तीन वेग हान्छ । तेस्रो वेगपछि ऊ फतक्कै गल्छ र पखेटा फट्फटाउँदै लुकेर प्राण बचाउने प्रयास गर्छ । त्यसपछि कस्तो वेग हान्छ त्यसैले उसको भावी जीवन आंकलन गर्छ ।’ कांग्रेस अहिले यस्तै नियति व्यहोर्दै छ । कांग्रेस सत्तामा छैन । प्रतिपक्षमा हुँदा पनि कहाँ छ ? अत्तोपत्तो छैन ।