जगदीश्वर पाण्डे

जगदीश्वर पाण्डेका लेखहरु :

अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने मन्त्रिपरिषद्को निर्णय 

 सरकारले अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्को आइतबार (वैशाख १९ गते) को निर्णय अनुसार राजदूत दाहाललाई फिर्ता बोलाउने निर्णय गरिएको एक मन्त्रीले कान्तिपुरलाई जानकारी दिए । 

महामारी फैलिनुमा कसको कमजोरी ?

भारतमा हरेक दिन ४ लाखभन्दा बढी कोरोना संक्रमित थपिन्छन् । नेपालमा पनि सात हजारभन्दा बढी थपिन थालेका छन् । अवस्था भयावह बन्दै छ । आम नागरिक भयभीत छन् । राज्यका संयन्त्रहरू संक्रमण रोकथाम, नियन्त्रण र संक्रमितको उपचारमा प्रभावकारी हुन सकेका छैनन् ।

स्वास्थ्य सामग्रीका लागि भारतकै भर 

कोरोना भाइरसको दोस्रो लहरका कारण भारत आक्रान्त छ । खुला सिमानाका कारण त्यसको असर नेपालमा पनि पर्न थालेको छ । संक्रमण रोकथामका लागि सरकारले उपत्यकासहित विभिन्न स्थानमा निषेधाज्ञा लगाइरहेको छ ।

सेनामा नयाँ प्रशासनिक संरचना कार्यान्वयन गरिँदै

नेपाली सेनाले नयाँ प्रशासनिक सैनिक संरचना निर्माणको काम अघि बढाएको छ । सेनाले ‘तीन जोर एक’ अर्थात् ‘थ्री प्लस वान’ अवधारणाअनुसार मुलुकलाई सुरक्षाका आधारमा चार कमान्डमा छुट्टयाएको थियो । सोही व्यवस्थाअनुसार चार कमान्ड हेडक्वार्टरहरूमा दरबन्दी स्थापना गरी चार उपरथीहरूलाई कमान्ड प्रमुखका रूपमा नियुक्त गरिएको हो ।

अस्पतालमा मात्रै अक्सिजन प्रयोग गर्न सिफारिस

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले तत्कालका लागि अस्पतालबाहेक अन्य कुनै पनि उद्योग वा क्षेत्रमा अक्सिजन प्रयोग गर्न नपाइने निर्णय गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।

दक्षिण एसियाका ५ देशसँग मिलेर चीनले अघि सार्‍यो ‘६ देशीय सहयोग संयन्त्र’ 

चीनले नेपालसहित दक्षिण एसियाका अन्य ५ मुलुकहरुसँग मिलेर संयुक्त रुपमा काम गर्ने भन्दै ‘६ देशीय सहयोग संयन्त्र’ को रुपरेखा अघि सारेको छ । दक्षिण एसियाका भारत, माल्दिभ्स र भुटानबाहेकका ५ मुलुकहरुसँग मिलेर सहयोग संयन्त्र बनाउने प्रस्ताव चीनले अघि सारेको हो ।  

चीनले करिब ९ करोड रुपैयाँ बराबरको सामग्री दिने

चीनले नेपाललाई कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि ५ मिलियन आरएमबी (करिब ९ करोड १८ लाख ५१ हजार रुपैयाँ) बराबरको सामग्री सहयोग गर्ने प्रतिबद्धता गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले भिडियो कन्फरेन्समा सहयोगको प्रतिबद्धता जनाएका हुन् ।

सेनाका सबै पृतना खारेज हुने

नेपाली सेना साउनदेखि ‘थ्री प्लस वान’ अर्थात् ‘तीन जोर एक’ कमान्ड भएको नयाँ संरचनामा जाने भएको छ । अब सेनामा चार कमान्ड हुनेछन् । पूर्वमा कोसी नदीको बहावका आधारमा पूर्वी कमान्ड, गण्डकी नदीको बहावका आधारमा मध्य कमान्ड र कर्णाली नदीको बहावको आधारमा पश्चिम कमान्ड हुनेछन् ।

‘हटस्पट’ बाट अझै निर्बाध प्रवेश

कोरोना महामारीको ‘हटस्पट’ बनेको भारतबाट स्थलमार्ग हुँदै सर्वसाधारण निर्बाध रूपमा नेपाल प्रवेश गरिरहेका छन् । त्यसलाई रोक्न सरकारी प्रयास अझै प्रभावकारी बन्न सकेको छैन ।

खोप ल्याउन सरकारी पहल

कोरोनाविरुद्धको खोप अभाव हुने अवस्था आएपछि सरकारले खरिदका लागि प्रमुख खोप उत्पादक मुलुकसँगको संवादलाई अगाडि बढाएको छ । खोप उत्पादक प्रमुख मुलुक अमेरिका, चीन, रुस र बेलायतसँगको संवादलाई सरकारले तीव्रता दिएको हो । भारत आफैंलाई खोप अभाव हुन थालेपछि भारतबाहेकका मुलुकसँग आयातका लागि गृहकार्य थालेको सरकारी भनाइ छ ।