भरत जर्घामगर

च्यातिएका पुस्तक, बरन्डामा पढाइ

पाठ्यपुस्तक, छात्रवृत्ति रकम विद्यालयले उपलब्ध गराउन नसक्दा सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका ४ धन्छवारस्थित आधारभूत विद्यालयको पठनपाठन नियमित हुन सकेको छैन । शैक्षिक सत्र सुरु भएको ५ महिना बित्न लाग्दासमेत विद्यालयले पाठ्यपुस्तक उपलब्ध नगराउँदा बालबालिका विद्यालय जान छाडेका छन् ।

आत्महत्याको कारण घरेलु हिंसा

आत्महत्याका घटना अध्ययन गर्दा सिरहामा डरलाग्दो अवस्था देखिएको छ । यस्ता घटनामा वृद्धि हुनुमा ‘घरेलु हिंसा’ मुख्य कारक मानिएको छ । महिलामाथि पति, सासु ससुराले बुहारीलाई हेर्ने दृष्टिकोण र अधिकांश घरायसी उल्झनकै कारण आत्महत्या क्रम बढेको हो ।

लहानमा फोहोर व्यवस्थापन केन्द्र विवाद : स्थानीयले गरे विरोध प्रदर्शन र तालाबन्दी

५ महिनादेखि फोहोर फाल्न नदिने अडान लिएका लहान नगरपालिका–४ का स्थानीयले नगरपालिकाले प्रहरीको आडमा महिलामाथि दुर्व्यवहार गरेको र फोहोर फालेको विरोधमा शनिबार विरोध प्रदर्शन गरेका छन् । 

गाउँका सडक कालोपत्रे

अर्नामा गाउँपालिकाले सडक पूर्वाधारलाई प्राथमिकतामा राखेसँगै गाउँका सडकमा कालोपत्र थालिएको छ । साबिकका महनौर, ब्रह्मपुरी, अर्नामा, गौरीपुर लक्ष्मीपुर र किसनपुर गाविसलाई गाभेर अर्नामा गाउँपालिका बनेको हो । 

डुबानले रोपाइँ प्रभावित

लगातारको वर्षा र डुबानले सिरहामा धान रोपाइँ प्रभावित भएको छ । धान रोपाइँको समयमा पानी नपर्नु र पछि लगातारको वर्षाले लामो समयसम्म डुबान हुनुले यस वर्ष जिल्लामा रोपाइँ प्रभावित भएको हो ।

भरत जर्घामगरका लेखहरु :

डुबेर राहत पर्खाइ

तीन दिन बित्दा पनि जिल्लाका बाढीपीडितले राहत पाउन सकेका छैनन् । पानी नघटदा उनीहरू डुबान क्षेत्रमै रात काट्न बाध्य छन् । 

दुर्घटनामा ३ को मृत्यु

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको पडरिया खण्डमा सोमबार मालबाहक ट्रकको ठक्करबाट म्याजिक भ्यानमा सवार तीन जनाको मृत्यु भएको छ । ८ जना घाइते छन् । घाइते मध्ये ३ को अवस्था गम्भीर छ । 

बिहेको निम्तोमै जन्ममिति

बिहेका कार्डमा वरवधु, तिनका अभिभावक र दर्शनाभिलाषीका नामसँगै समारोह हुने मिति उल्लेख हुन्छन् । तराइमा धेरैले कार्डमा डाक्टर र इन्जिनियरजस्ता वरवधुका पेसा पनि उल्लेख गर्दा नौलो मानिँदैन । सिरहामा विवाहको निम्तो कार्डमा वरवधुका जन्ममिति पनि लेख्न सुरु भएको छ । 

दलित बस्तीमा खानेपानी अभाव

गर्मीयामसँगै सिरहाको दक्षिणवर्ती लक्ष्मीपुर पतारी गाउँपालिका ४ धन्छबारस्थित हरूवा चरुवा परिवारका दलित बस्तीमा खानेपानी समस्या सुरु भएको छ । 

ल्यावबिनाको प्रयोगशाला

प्रदेश २ का ८ जिल्लाका किसानले लगाउने विभिन्न बालीनालीमा लाग्ने रोग र किराको पहिचान, व्यवस्थापनका लागि प्रत्यक्ष रूपमा प्रयोगशाला सेवा उपलब्ध गराउने उद्देश्यले सदरमुकाम सिरहामा खोलिएको बाली संरक्षण प्रयोगशाला बजेट र जनशक्ति अभावमा उपयोगविहीन भएको छ । प्रयोगशाला नहुँदा सेवा प्रभावित भएको छ ।