जितेन्द्र साह

‘हल्ला होइन, सफाइमा ध्यान दिऊँ’

‘पहिले बच्चाबच्चीलाई खाना खानुअघि हातमुख सफा गर्न भन्दा रिसाउँथे, अहिले साबुनपानीले हात नधोई खानेकुरा छुँदैनन्,’ विराटनगर भट्टाचोककी ६० वर्षीया राधा मण्डल भन्छिन् । कोरोना भाइरसको संक्रमणबाट जोगिनलाई अचेल हरेकले सरसफाइमा ध्यान दिइरहेकोमा खुसी लागेको उनले बताइन् । तर, शारीरिक स्वास्थ्यप्रति सचेत भए पनि अनेक हल्लाले तनाब दिने गरेको मण्डलको भोगाइ छ । उनले विपद्का बेला नानाथरीका भ्रम नफैलाउन आग्रह गरिन् ।

ज्येष्ठ नागरिकको ‘मन्टेसरी’

एक समूह बुढापाका न्यानो घाममा गफिंदै । अर्को समूह भित्र कोठामा प्रवचन सुन्दै र नाँच्दै । कोही भित्रबाहिर गर्दै । एकजना वृद्धले हाँस्दै भने, ‘यो हामी बुढाबुढीहरुको मन्टेस्वरी हो ।’

सरकारी अस्पतालमा दलालको सञ्जाल

सरकारी अस्पतालमा सहज र सुलभ उपचार हुने आसमा आउने विपन्न सेवाग्राही ठगिने गरेका छन् । अस्पतालमै दलालबाट उनीहरू ठगिने गरेका हुन् । दिनहुँ हजार हाराहारीमा बिरामी पुग्ने विराटनगरस्थित कोसी अस्पतालमा दलालको बिगबिगी छ ।

काष्ठकलामा रमाउँदै मुखिया

यहाँका ठूला व्यवसायीको घर एवं सहरबजारका भव्य मन्दिरमा अग्ला र आकर्षक बुट्टादार मूलढोका देखेपछि धेरैले अनुमान गर्छन्, ‘यो कलात्मक ढोका विदेशबाट आयात गरिएका होलान् ।’ विल्कुलै होइन । यी त विराटनगर महानगरपालिका–७, डीएसपी मार्गका काष्ठकलाका शिल्पी शिवकुमार मुखियाको कौशल हो । 

खाद्य प्रविधि विभागबाटै तरकारी जाँच गरिने

संघीय सरकारकमातहतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, यसका शाखा र कार्यालयहरूले तरकारीमा विषादीको मात्रा परीक्षण गर्ने भएका छन् । संघीय सरकारले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई विषादी परीक्षणका लागि सशक्त रूपले तयार पार्न लागेको केन्द्रीय कृषि प्रयोगशालाका प्रमुख सहसचिव कञ्चनराज पाण्डेले बताए ।

जितेन्द्र साहका लेखहरु :

बाढी र डुबानले महँगियो भान्सा

शनिहाटकी सुशीला बस्नेतलाई अचेल भान्सा व्यवस्थापनमा हम्मे परिरहेको छ । खाजा पसल चलाउने उनलाई व्यवसाय धान्नसमेत मुस्किल छ । बजारमा तरकारी आउनै छाडेको छ । आएको अलिअलि पनि भाउ बढेर किनिसाध्ये छैन ।

किन बर्सेनि डुबानमा पर्छ अस्पताल ?

मुसलधारे वर्षामा मात्र नभएर क्षणभरकै झरीमा समेत विराटनगरस्थित कोसी अञ्चल अस्पतालको प्रवेशद्वारमा घुँडासम्मै पानी जम्छ । यसले गर्दा सेवाग्राही, चिकित्सक र कर्मचारीलाई ओहोरदोहोरमा समस्या हुन्छ ।

दिनहुँ १० पटक वारिपारि

एक महिला भारी बोकेर खोला तरिन् । एकछिनपछि फर्किएर खेततिर हराइन् । फेरि पोका बोकेर खोलामा छिरिन् । तराई–मधेसको प्रचण्ड गर्मी र खोलामा पानीको सतह घटबढ भई राख्ने वर्षायाममा उनको हिम्मत एवं जाँगर देख्ने जो कोही पनि आश्चर्य मान्छन् ।

पुरुषको दाह्रीकपाल काट्दै महिला

एक महिला दाह्रीकपाल काटिरहेकी छन् । पालो कुरेर लहरै पुरुष बसिरहेका छन् । यो दृश्य कुनै महानगर वा नगरमा नभएर मधेसी, दलित एवं आदिवासी बहुल मोरङको जहदा गाउँपालिकाको हो ।

पारी शीतल, वारी हपहप

‘आहा, यहाँ सरर हावा, अनि कति शीतल !’ बिहानको डुलाइमा सिंघिया पुल पार गरे लगतै विराटनगरका डा. प्रियेश आचार्यले भने । उनले हिंडाइको थकान हराएर स्फूर्ति महसुस भएको बताए । आकाशमा बादल मडारिए पनि पुल वारी महानगरको सहरी क्षेत्रमा हिंडनै मुस्किल हुने गरी हपहप थियो भने पारी मोरङकै कटहरी गाउँपालिकाको सानासाना घर भएको चौधरी बहुल महेसपुर बस्तीमा शीतल थियो ।