कृष्ण आचार्य

चीनसँगका सम्झौता जहाँको तहीँ

कूटनीतिक तहमा नेपाल–चीन अधिकारीको आवतजावत बाक्लै हुने गरे पनि हालसम्म भएका व्यापारिक तथा आर्थिक सम्झौताले मूर्त रूप लिन सकेका छैनन् ।

साउनमा व्यापार घाटा १४ प्रतिशतले घट्यो

गत वर्ष उच्च आयात, निराशाजनक निर्यात र बढ्दो व्यापार घाटा व्यहोरिरहेको सन्दर्भमा यस वर्षको पहिलो महिनाको व्यापारमा केही सकारात्मक संकेत देखापरेको छ । गत वर्षको तुलनामा यस आर्थिक वर्षको पहिलो महिना साउनमा आयात साढे ११ प्रतिशतले घटेको छ ।

भारतको चाहना बिप्पाको सट्टा बीआईटी

आठ वर्षअघिको एक अन्तरिम आदेशका कारण कार्यान्वयन हुन नसकेको नेपाल भारत द्विपक्षीय लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौता (बिप्पा) लागू गर्न बल्ल बाटो खुला भएको छ । 

सम्पत्ति शुद्धीकरणमा कठोर रणनीति, प्रहरीले पनि अनुसन्धान र मुद्दा दायर गर्न पाउने

अन्तर्राष्ट्रिय मूल्यांकनमा नेपाल कमजोर देखिने सम्भावना बढेसँगै सरकारले आतंकवादी क्रियाकलाप तथा सम्पत्ति शुद्धीकरण निवारणका लागि कठोर रणनीति ल्याएको छ । सन् २०२०/२१ मा नेपालले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलाप निवारणमा गरेका कामको मूल्यांकन अन्तराष्ट्रिय निकायहरूले गर्दैछन् ।

एनसेल कर विवादको अन्तराष्ट्रिय मध्यस्थतामा सरकार सहभागी नहुने

एनसेलले कर विवादमा समाधान खोज्दै अन्तर्राष्ट्रिय निकाय गुहारे पनि मध्यस्थतामा सरकार सामेल नहुने भएको छ । विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय लगानीसम्बन्धी विवाद समाधान गर्ने निकाय इन्टरनेसनल सेन्टर फर द सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट (आईसीएसआईडी) लाई पत्राचार गर्दै सरकारले मध्यस्थतामा सहभागी नहुने जवाफ दिएको हो । 

कृष्ण आचार्यका लेखहरु :

मुलुकबाट ९१ अर्ब बढी बाहिरियो

गत जेठसम्म मुलुक भित्रने भन्दा ९१ अर्ब रुपैयाँ बढी रकम बाहिरिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको ११ महिने ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ विवरण सार्वजनिक गर्दै मुलुकको शोधनान्तर स्थीति (मुलुकमा भित्रने र बाहिरिने रकमको अन्तर) ९० अर्ब ८३ करोड रुपैयाँले घाटामा रहेको उल्लेख गरेको छ ।

असारे विकास : दिनहुँ साढे ४ अर्ब सकिँदै

ऐन र संसदीय समितिको निर्देशनविपरीत सरकारले बजेटको अत्यधिक रकम असारमा खर्च गरिरहेको छ । असारका १५ दिनको तथ्यांक हेर्दा दिनहुँ औसतमा साढे ४ अर्ब रुपैयाँका दरले बजेट खर्च भइरहेको छ ।

आनी सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा

स्रोत नखुलेको रकम पटक–पटक नेपाल भित्र्याएपछि गायिका आनी छोइङ डोल्माको खाता रोक्का गरी सम्पत्ति शुद्धीकरणको आशंकामा अनुसन्धान सुरु भएको छ । तर प्रधानमन्त्रीकै सचिवालयले रोक्का रकम खुला गरिदिन चर्को दबाब दिइरहेको स्रोतको दाबी छ । 

विमानस्थलको व्यग्रता

बैंकबाट ऋण लिएर होटल, पर्यटन पूर्वाधारमा लगानी गरिरहेका भैरहवा आसपासका व्यवसायीलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भइरहेको ढिलाइले पिरोलिरहेको छ । २०७१ सालमा निर्माण सुरु भएको यो विमानस्थल २०७४ को पुससम्म निर्माण सम्पन्न हुनुपर्ने थियो ।

सांसदको हातमा विकास बजेटको ५%

तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले ०५१ सालमा सांसदलाई छुट्याइएको रकम विकास बजेटको नगन्य अर्थात् ०.२४ प्रतिशत मात्रै थियो । अधिकारीले पहिलो पटक प्रतिसांसद २ लाख ५० हजार रुपैयाँका दरले ५ करोड १२ लाख ५० हजार रुपैयाँ छुट्याएका थिए ।