प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मधेसी सहिद प्रतिष्ठान बनाउने घोषणा गरेका छन् । प्रदेश सरकारले सोमबार जनकपुरमा आयोजना गरेको बलिदानी दिवस कार्यक्रममा मधेस आन्दोलनमा सहिद भएका आश्रित परिवारको भरणपोषण, शिक्षा, सम्मानका लागि प्रतिष्ठान बनाइने मुख्यमन्त्री राउतले बताए ।