शाहीमान राई

भारतको बाटो हुँदै राहत

बाढीले बढी क्षति पुर्‍याएको धनुषाको सुदूरपूर्वी गाउँमा राहत पुर्‍याउन कठिन भएको छ । बाढीले कमला नगरपालिका र जनकनन्दनी गाउँपालिकातर्फ जाने सडक, पुल, कल्भर्ट भत्किएपछि राहत वितरण गर्न भारतको बाटो हुँदै जानुपर्ने भएको छ । 

डाक्टर न उपकरण

जलमग्न बनाउने वर्षा र बाढीले प्रदेशमा सञ्चालित स्वास्थ्य संस्थालाई झन् अस्तव्यस्त बनाएको छ । बस्ती डुबानमा परे पनि कसै गरी ज्यान जोगाएका गाउँलेका लागि बिरामी परे स्वास्थ्योपचारको व्यवस्था प्रभावकारी छैन ।

स्वास्थ्य संस्था अस्तव्यस्त

बाढी र डुवानमा परेका बेला पनि प्रदेश २ का ८ जिल्लामा सञ्चालित स्वास्थ्य संस्थाहरू अस्तव्यस्त छन् । डुबानमा परेका पीडितको ज्यान जोगिए पनि उनीहरूको स्वास्थ्यमा समस्या देखिएको छ ।

स्थानीय तहमा विकास : योजना छनोट नगरी हचुवामा काम

रौतहटको देवाही गोनाही नगरपालिकामा अहिलेसम्म नगर सभा सम्पन्न हुन सकेको छैन । जनप्रतिनिधिबीचको विवादका कारण आर्थिक वर्ष सकिन लाग्दासमेत सभा नभएपछि नगरपालिकाको झन्डै ३५ करोड रुपैयाँ फ्रिज हुने अवस्थामा पुगेको छ ।

गुठी संस्थानको १३ अर्ब बक्यौता 

गुठीको जग्गा उपभोग गरेबापत सरकारी निकायले सर्तबमोजिम तिर्नुपर्ने मुआब्जा नतिरेपछि गुठी संस्थानको १३ अर्ब रुपैयाँभन्दा बढी बक्यौता असुल हुन सकेको छैन । 

शाहीमान राईका लेखहरु :

कुण्ड संरक्षणमा सवा अर्ब 

मन्दिर, कुटी, ताल र पोखरीको सहर भनेर परिचित जनकपुरधाम आसपासमा रहेका ऐतिहासिक तथा सांस्कृतिक ताल पोखरी संरक्षणका लागि सरकारले १ अर्ब १६ करोड रुपैयाँ लगानीमा आयोजना सुरु गरेको छ । 

जनकपुरमा अप्टिकल फाइबर

नेपाल टेलिकमले जनकपुर उपमहानगरपालिका क्षेत्रमा अप्टिकल फाइबर विस्तार गरी सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले फाइबर टु द होम (एफटिटिएच) योजना अन्तर्गत जनकपुरधाम उपमहानगरपालिकाअन्तर्गत २५ वटै वडाका बासिन्दालाई तीव्रगतिमा चल्ने इन्टरनेट र टेलिफोन सेवा वितरण गर्न सडक दायाँबायाँ अप्टिकल फाइबर विस्तार गरिरहेको जनाएको छ । 

खानेपानीको २ करोड बक्यौता

खानेपानी संस्थानले जनकपुरधाम उपमहानगरपालिकामा शुद्ध पिउनेपानी वितरण गरेबापत उपभोक्ताबाट २ करोडभन्दा बढी महसुल असुल गर्न सकेको छैन । संस्थानले भने कार्यरत कर्मचारीलाई तीन महिनादेखि तलब खुवाउन नसकेको गुनासो गर्दै आएको छ ।

जनकपुरमा विद्युत् अनियमितता

प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबावु राउतको कार्य कक्षमा छिनछिनमा बत्ती निभ्छ । मोबाइलको टर्च बालेर मधुरो उज्यालो पारेर काम चलाउँछन् मुख्यमन्त्री । बैकल्पिक उज्यालोका निम्ति खरिद गरिएको इन्भर्टर व्याट्रीले पनि काम गरेको छैन । विद्युत् लाइन कनेक्सन सिस्टममा समस्या भएकाले काम नगरेपछि जेनेरेटरबाट मुख्यमन्त्री कार्यालयमा उज्यालोको व्यवस्था गरिएको छ ।

शिशु बिमा सम्झौता 

प्रदेश नं २ सरकारले सुरु गरेको नवजात शिशुको बिमा गर्न प्रभु बैंकसित सम्झौता भएको छ । ‘बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रम अन्तर्गत माघ १ गतेदेखि जन्मिएका शिशु (छोरी) को नाममा एक लाख बराबरको बिमा रकम प्रभु बैंकमा जम्मा गर्न लागेको हो ।