निर्मला भण्डारी

मुलुकी संहितामा विरोधाभास

१ सय ६५ वर्ष पुरानो मुलुकी ऐन विस्थापित भई मुलुकी देवानी र फौजदारी संहिता गत भदौ १ गतेबाट लागु भएको छ । यी संहितामा देखिएका कमी–कमजोरी संशोधन गर्न समितिले काम गरिरहेको छ । यही सन्दर्भमा फौजदारी संहिता लैंगिक दृष्टिबाट कति न्यायोचित छ, के कस्ता कमजोरी छन् भन्ने विषय यस लेखमा चर्चा गरेकी छु । 

राजनीति विशुद्ध सेवा

युवा पुस्ता राजनीति मन पराउँदैन । राजनीतिको कुरा आउँदा उनीहरू नाक खुम्च्याउँदै भन्छन्, ‘यो फोहोरी खेल हो, स्वार्थी व्यापार हो । लुटतन्त्र, बेथिति अनि पथभ्रष्ट र भ्रष्टाचारको अखडा हो । राजनीति गर्नेहरू छेपाराझै रङ फेर्न, ढाँट्न, चाकडी र चाप्लुसी गर्न र गराउन सिपालु हुन्छन् ।’ 

आमा कसरी स्वैच्छिक ?

आफ्ना सन्तानलाई नागरिकता प्रदान गर्ने सवालमा आमाको भूमिकालाई स्वैच्छिक करार गरी नागरिकता ऐन संशोधन विधेयक ल्याइएपछि सडक र सदन दुवैतर्फ विरोध भइरहेको छ । संसद्मा दर्ता भएको डेढ महिना बितिसक्दा पनि विधेयकमा सहमति जुट्न सकेको छैन । विधेयकका विवादित प्रावधान र त्यसले निम्त्याएका समस्याबारे यो लेखमा चर्चा गरिएको छ ।

किन सम्हालिँदैन मान्छे ?

दुई वर्षअघि काठमाडौंको एउटा निजी स्कुलमा पढ्ने १३ वर्षीया किशोरी यति दुर्गन्धित भइन् कि उनका साथीहरू कक्षामा सँगै बस्न मानेनन् । उनलाई नुहाएर आउन भनियो । नुहाएर आए पनि दुर्गन्ध कमी नभएपछि शिक्षकले मसिनो गरी सोधपुछ गरे । उनले रुँदै भनिन्, ‘मलाई धर्म दाजुले नराम्रो काम गर्छ ।’

निर्मला भण्डारीका लेखहरु :

२०२० मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।