रविन्द्र उप्रेती

रविन्द्र उप्रेतीका लेखहरु :

अंक थपेर प्रहरी जवानले बैंक ठगे

सुरक्षामा खटिएका एक प्रहरी जवानले बैंकलाई नै झुक्याएर बढी भुक्तानी लिएको खुलेको छ । पर्सा जिल्ला घर भई जिल्ला प्रहरी कार्यालय जलेश्वरमा कार्यरत प्रज राजेश द्विवेद्वीले चेक किर्ते गरी बैंकबाट बढी रकम झिकेको कसुरमा उनलाई निलम्बन गरिएको छ ।

भारतीय नोटसहित पक्राउ

प्रहरीले ४ लाख भारतीय नोटसहित जलेश्वर नगरपालिका-६ धवौलीका ३८ वर्षीय कैलाश साहलाई पक्राउ गरेको छ । भारतबाट जलेश्वरतर्फ आउँदै गरेका साहलाई जनकपुर-भिठ्ठामोड सडकस्थित खैरा चोकबाट नियन्त्रणमा लिएको हो । पैदल आउँदै गरेका उनलाई शंका लागि तलासि लिँदा कपडाको विभिन्न खल्तीबाट भारतीय नोट बरामद भएको थियो । 

नेकपाको प्रदेश २ जिल्ला कमिटीको शपथग्रहणमा झडप : यी हुन् विवादको चुरो कुरो

प्रदेश २ स्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटीको शपथग्रहण कार्यक्रममा झडप भएको छ । झडप शान्त गराउन प्रहरीले लाठीचार्ज गर्नु परेको थियो । त्यस क्रममा राजविराज ८ का प्रदेश कमिटी सदस्य देवनाथ यादव घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । 

बर्दिबासमा आयोजित नेकपाको नवगठित जिल्ला कमिटी सदस्यको सपथ ग्रहण कार्यक्रममा तनाव

तत्कालिन नेकपा माओवादी र एमालेबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी घोषण भएपछि प्रदेश २ को बारा र पर्सा बाहेकका ६ वटा जिल्लामा नव गठित जिल्ला कमिटिहरुको सपथ ग्रहण कार्यक्रममा विवाद भएको छ ।

महोत्तरीमा दुई समुहबीच झडप, एक दर्जन घाइते

महोत्तरी जिल्लाको लोहरपट्टी नगरपालिकामा ईदको नमाज कुन इमामले पढाउने भन्ने बारे दुई समुहबीच विवाद हुँदा एक दर्जन व्यक्ति घाइते भएको प्रहरीले बताएको छ ।