प्रदीप मेन्याङ्गबो

प्रदीप मेन्याङ्गबोका लेखहरु :

बीपी प्रतिष्ठानको ओपीडी पनि सञ्चालनमा

लकडाउनका कारण आकस्मिक र भर्ना भएका बिरामीको उपचार बाहेकका सेवा बन्द भएको  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपीडी सेवा मंगलबारदेखि खुलेको छ । कोरोना भाइरस संक्रमण नभएका बिरामीलाई पनि उपचार सेवा दिनुपर्ने भएकोले ओपीडी सेवा पुन सञ्चालनमा ल्याएको प्रतिष्ठानले जनाएको छ । 

काउन्सिलले दर्ता नगरेपछि इन्जिनियरहरुद्वारा पूर्वाञ्चल क्याम्पसमा तालाबन्दी

धरानस्थित पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसमा विद्यार्थीहरुले अनिश्चितकालिन तालाबन्दी गरेका छन् । नेपाल इन्जिनियरिङ काउन्सिलले आफ्नो स्वीकृतिबिना इन्जिनियरिङका विभिन्न विषयमा पठन पाठन गराएको भन्दै दर्ता गर्न नमानेपछि विरोधस्वरुप विद्यार्थीहरुले क्याम्पसमा तालाबन्दी गरेका हुन् ।