२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

हिमेशरत्न वज्राचार्य

हिमेशरत्न वज्राचार्यका लेखहरु :

समुद्री टापुमा नेपालको त्यो गोल

माल्दिभ्स नेसनल स्टेडियमको एउटा पोस्ट पछाडि रहेको छ, प्रेस बक्स । त्यहाँबाट मैदानको एक छेउ निकै नजिकबाट हेर्न पाइन्छ । अर्को छेउ निकै टाढा छ । नेपालका लागि मनीष डाँगीले माल्दिभ्सविरुद्ध गरेको गोल त्यही टाढाको पोस्टमा थियो । नाङ्गो आँखाले हेर्दा ठ्याक्कै यस्तै हो भन्न गाह्रो हुने । तर, टेलिभिजन रिप्लेमा जति बेला मनीषको गोल हेर्न पाइयो । भन्न मन लाग्यो, आहा ! कति राम्रो गोल ।