अधिकांश विकसित देशले पछिल्ला वर्षहरूमा हाइड्रोजनलाई इन्धनका रूपमा प्रयोग गरिरहेका छन् । सामान्यतः प्राकृतिक हाइड्रोजन स्वतन्त्र रूपमा पाइने तत्त्व होइन । यो कुनै अन्य तत्त्व, खास गरी अक्सिजन अणुसित मिलेर बसेको हुन्छ । पानी यसको राम्रो उदाहरण हो ।
हामीले विभिन्न प्रयोजनका लागि प्रयोग गरिने सिसा देखेका छौं, तर यसबारे धेरै जानकारी भने सबैलाई नहुन सक्छ । सामान्यतः आकारविहीन वस्तुलाई अंग्रेजीमा ‘एमरफोस’ भनिन्छ, सिसा पनि विज्ञानको भाषामा निश्चित आकार नभएको वस्तुको परिभाषाभित्र पर्छ । यो संवेदनशीलदेखि कडा किसिमसम्मको हुन्छ । सिसामा न विद्युतीय प्रवाह हुन्छ न त रासायनिक प्रतिक्रिया नै । त्यसैले यसलाई अनौठो चरित्रको वस्तु पनि भनिन्छ ।
नेपाल प्राकृतिक सुन्दरता, जैविक तथा सांस्कृतिक विविधताले भरिपूर्ण छ । विश्वका सर्वोच शिखर सगरमाथा, भगवान् बुद्धको जन्मभूमि लुम्बिनी र सीताको जन्मस्थल जनकपुरसहित विभिन्न धार्मिक क्षेत्र खास गरी पशुपतिनाथ, मुक्तिनाथ, देवघाट, त्रिवेणी, बराहक्षेत्रले सबैलाई आकर्षित तुल्याउने गर्छन् । प्राकृतिक र सांस्कृतिक क्षेत्रका सम्पदाहरूको अवलोकन तथा साहसिक खेलका लागि नेपाल प्रमुख गन्तव्य बनेको छ । यो सानो भूगोलभित्र लगभग १२५ जातजाति र १२३ भाषाभाषीका मानिस छन् । त्यसैले नेपाल सांस्कृतिक रूपमा पनि धनी मानिन्छ ।
विश्वबजारमा आजभोलि प्राकृतिक पुँजीको लेखाजोखा गर्ने प्रचलन बढ्दो छ । पृथ्वीमा सञ्चित प्राकृतिक स्रोतहरूलाई, मानव जीवन सञ्चालन प्रक्रियामा महत्त्वपूर्ण सहयोगीका रूपमा रहेका पारिस्थितिक प्रणालीकासेवा र वस्तुलाई प्राकृतिक पुँजी भनिन्छ । वैज्ञानिक परिभाषाअनुसार, पृथ्वीमा विद्यमान नवीकरणीय तथा गैरनवीकरणीय प्राकृतिक स्रोतहरूको सञ्चिति नै प्राकृतिक पुँजी हो । विश्व वातावरण खास गरी पारिस्थितिक प्रणाली, भौगर्भिक पदार्थहरू, स्थलमण्डल,वायुमण्डल, जलमण्डल, सौर्यलगायत प्राकृतिक पुँजीका उदाहरण हुन् ।
२०७८ असार १२ मा बुटवलमा कालीगण्डकी–तिनाउ नदी पथान्तर आयोजनाको कार्यालय खुलेपछि, लगभग डेढ दशकभन्दा अघिदेखि चर्चामा रहेको कालीगण्डकी नदी पथान्तर आयोजनालाई लिएर राजनीतिक, धार्मिक, सामाजिक तथा पर्यटन क्षेत्रका व्यक्तिहरूले सवाल उठाउने अवसर पाएका छन् ।