सुधीर शर्मा

सी आगमनको सन्देश

केही वर्षयता नेपालमा चीनलाई लिएर दुइटा विषयमा चर्चा हुने गर्थ्यो : रेल र राष्ट्रपति । यीमध्ये चिनियाँ राष्ट्रपति त २३ वर्षको अन्तरालमा शनिबार नेपाल भ्रमणमा आउँदै छन् । केरुङ–काठमाडौं रेलमार्गले भने कहिले मूर्तरूप पाउला वा नपाउला, त्यसको छनक पनि यही भ्रमणमा मिल्नेछ । 

हिमालपारिको हेराइ

दुई महिनाअघि बोआवो फोरममा हामी केही सहभागीलाई चिनियाँ राष्ट्रपति सी चिनफिङसित संक्षिप्त भेट गराइँदा झन्डै एक घण्टा पर्खाइएको थियो । गत असार ६ गते बेइजिङमा त्यस्तै भयो ।

चीनमा के के विषयमा भयो मुख्य समझदारी र सम्झौता

नेपाल र चीनले दूरगामी महत्त्व राख्ने केरुङ–काठमाडौं रेलमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा बिहीबार हस्ताक्षर गरेका छन् । दुई देशले सम्बन्ध विस्तारको आधार बनाएको ‘ट्रान्स–हिमालयन मल्टी–डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क’ को खाकाभित्र रहेर उक्त समझदारी गरेका हुन् ।

ओली–सी समझदारीका सूत्र

प्रधानमन्त्री केपी ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच बुधबार बेइजिङमा भएको वार्ताले द्विपक्षीय साझेदारीका निम्ति दूरगामी आधारहरू खडा गरेको छ । खासगरी सार्वजनिक चर्चामा मात्र सीमित रहँदै आएको चिनियाँ रेललाई नेपालसम्म पुर्‍याउने परिकल्पनाले अब कार्यरूप पाउने भएको छ ।

नेपालको राष्ट्रिय स्वतन्त्रता र भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्न चीन साथमा छ : राष्ट्रपति सी 

चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको राष्ट्रिय स्वतन्त्रता र भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्नका लागि चीन सधै साथमा रहने बताएका छन् । 

सुधीर शर्माका लेखहरु :

बेइजिङसँगका विभ्रम

चीनले ल्हासाबाट तिब्बतको दोस्रो ठूलो सहर सिगात्सेसम्म रेलमार्ग भर्खरै जोडेको थियो । सहकर्मी सम्पादक अखिलेश उपाध्याय र म त्यही रेलमा यात्रा गर्दै थियौं । ल्हासा र सिगात्सेमा मान्छेहरू कम, रेलवे स्टेसनचाहिंँ किन त्यति भीमकाय बनाएको होला भन्ने लागिरहेको थियो, बाटोमा अन्य स्टेसनहरू पनि उस्तै बडेमानका देखिए । अनि रेलको लिक पनि ठूलठूला पहाडहरू खोपेर निकै ठूलो लगानी गरेर बनाए जस्तो देखियो ।

वाम विमानका दुई पाइलट

‘कतिलाई लाग्ला दुइटा अध्यक्ष भए, के गरेको ?’ प्रधानमन्त्री केपी ओलीले बिहीबार एमाले–माओवादी एकीकरणको घोषणासभामा भने, ‘टेम्पो चलाएजस्तो होइन, जेटमा दुइटै पाइलट हुन्छन् ।’

हिमाली बेल्टको सर्सर्ती बयान

भारत र चीन– विश्वका दुई ठूला देशको बीचमा एउटा छुट्टै संसार छ, हिमाली बासिन्दाहरूको । यी कुनै राष्ट्रविशेषको राजनीतिक भूगोलमा मात्र सीमित छैनन् । आधुनिक जमानाको राजनीतिक सीमाले यिनलाई परिभाषित गर्न पनि सक्दैन । पूर्वको बर्मादेखि पश्चिम कश्मीरसम्म हिमालय काखको चन्द्राकार बेल्टमा अनेकन सभ्यताको इतिहासलाई जीवित राखेका छन् उनीहरूले । सायद त्यसैले पनि, हिमाली क्षेत्र पर्वतारोहण मात्र होइन समाजशास्त्रीय अध्ययन–अनुसन्धानका लागि समेत रोचक विषय बन्दै आएको छ ।

हामी हिँडेको बाटो

२५ वर्ष– कुनै पनि समाज या मुलुकको जीवनमा यसलाई धेरै लामो समय मानिँदैन । सामान्यत: एउटै पुस्ताले देख्ने कालखण्ड हो यो । तर, पछिल्लो २५ वर्षमा हुर्केको नेपाली पुस्ताका सन्दर्भमा भने यो अवधि अर्थपूर्ण रह्यो । धेरैले धेरै युग एउटै पुस्तामा देख्न पाए । 

आवधिक जनादेशको अर्थ

दोस्रो चरणको निर्वाचनको मौन अवधि सुरु हुनु ठीक अघि गत शनिबार बिहान कान्तिपुरले तीन शीर्ष नेताको अन्तर्वार्ता लिएको थियो एकै समय– धनगढी, दमक र काठमाडौंमा । अन्तर्वार्ताका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीको ‘सकभर बहुमत आउने’ बताएका थिए । ‘सकभर’ भन्नुको अर्थ उनी स्वयं अनिश्चित थिए भन्ने जनाउँथ्यो । आखिर नेतृत्व नै धुकचुकमा छँदा समग्र पार्टीले चुनावी–अक्सिजन पाएन ।