श्यामसुन्दर शशि

श्यामसुन्दर शशिका लेखहरु :

रेल चल्ने मिति नतोकिँदै तोक आदेशमा जागिर खाएका दुई सयलाई ३५ लाख

जयनगर–जनकपुर–कुर्था रेल सेवा कहिलेदेखि सञ्चालन हुन्छ, टुंगो छैन । तर नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईको तोक आदेशमा भर्ना भएका दुई सयभन्दा बढी कर्मचारीलाई तलब भत्ताका लागि करिब ३५ लाख रुपैयाँ भुक्तानी दिइसकेको पाइएको छ । 

कोभिडमा अनौपचारिक कक्षा

निर्माणाधीन पक्की घरको खुला कोठामा मंगलबार ६ वर्षीया सकिता मण्डल नेपाली विषय अभ्यास गर्दै थिइन् । सँगै थिए, १० वर्षीय अन्दारुल राइन । एउटै कक्षाकोठामा भुइँमा पलेटी कसेर अरू चार बालबालिका पनि अभ्यास गर्न व्यस्त थिए । 

मल किन्न तीन दिनदेखि लाइनमा

धनुषाको जनकल्याण सहकारी संस्था सबैला नगरपालिका–११ इनर्वाका सञ्चालक मनमोहन यादवले शुक्रबार एक सय बोरा युरिया र ३० बोरा डीएपी मल किन्न जनकपुरस्थित कृषि सामग्री लिमिटेडमा नगदी रसिद कटाए । तर आइतबार अपराह्नसम्म उनको मल बोक्ने संस्थाको ट्र्याक्टर कृषि सामग्री परिसरमै थियो । 

रंगकर्मी मिश्रसहित दुई स्रष्टा पुरष्कृत

वरिष्ठ रंगकर्मी तथा मिथिला नाट्यकला परिषद्का पूर्वअध्यक्ष सुनिल मिश्र तथा परम्परागत संगीत विधाका वरिष्ठ स्रष्टा वंशीबाबा भनिने वंशीधर मण्डल नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा पुरस्कृत भएका छन् ।

अस्पताल उद्घाटन, सेवा अनिश्चित

कोरोना संक्रमितको संख्या ओरालो लाग्न थालेका बेला असार ३ गते जनकपुरमा कोभिड विशेष अस्पतालको उद्घाटन भयो । मुख्यमन्त्री लालबाबु राउतले भव्य समारोहबीच अस्पताल सञ्चालनमा आएको घोषणा गरे । तर निर्माणकै क्रममा रहेकाले स्वास्थ्य सेवा सञ्चालन अझै अनिश्चित छ ।

विकास खर्च न्यून

चालु आर्थिक वर्ष सकिनै लागे पनि प्रदेश २ सरकारले थोरै मात्र विकास बजेट खर्च गरेको छ । प्रदेश सरकारले ११ महिनामा ३१ दशमलव ४७ प्रतिशत मात्र विकास बजेट खर्च गरेको हो ।

मन्त्रीको स्वागतमा भीड

नियुक्त भएयता संघीय सरकारका चार मन्त्री गृहजिल्लामा स्वागत–सम्मान समारोहमा सरिक भएका छन् । बाक्लै भीडभाड गरेर मन्त्री सहर–गाउँ डुलेर सम्मान थापिरहेका छन् । 

आँप ब्लकमा समस्यै–समस्या

बिहान–बेलुका आँपको बगैंचा चहार्नु । पात–पतिंगर सफासुग्घर गर्नु र पानी छम्किँदै आँपको रूख र फल नियाल्नु पुण्यदेव महतोको दैनिकी हो । बगैंचा भन्नेबित्तिकै हुरुक्कै हुने बटेश्वर गाउँपालिका १ चित्रपुरका ७२ वर्षीय महतो यस वर्ष भने चिन्तित छन् ।

दमकल खरिदमा विवाद

प्रदेश २ सरकार हालै नौ वटा बारुणयन्त्र खरिद गरेको छ । आठ महिनाअघि सरकारले खरिद गरेका पाँच वटा बस सञ्चालन नभई थन्किएका छन् । बस चलाउन नसकेको प्रदेश सरकारले स्थानीय तहले व्यवस्थापन गर्नुपर्ने बारुणयन्त्र खरिद गरेको भन्दै आलोचना भइरहेको छ ।