२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

बिन्दु अधिकारी ढकाल

बिन्दु अधिकारी ढकालका लेखहरु :

अर्थतन्त्रको आधार पर्यटन

पर्यटन क्षेत्रले नेपालको समग्र उत्थानका लागि महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । यसले अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउन सक्छ । मुख्यतः पर्यटनका लागि सुरक्षा ग्यारेन्टीका साथै गुणस्तरीय सेवा आवश्यक पर्छ । घुमफिरमा आउनेहरूलाई सत्कार तथा पर्यटकमैत्री वातावरण चाहिन्छ । त्यसका लागि पर्यटन पूर्वाधारमा लगानी गर्नुपर्छ । प्राकृतिक र कलात्मक गन्तव्य हाम्रोमा धेरै छन्, यिनको सरसफाइमा ध्यान दिनुपर्छ । एकपटक घुमेर फर्केकाहरू दोहोर्‍याई–तेहर्‍याई आउने वातावरण बनाउनुपर्छ । डेढ वर्षयता कोभिड महामारीका कारण शिथिल भएको पर्यटन क्षेत्रमा ज्यान फुक्न पनि हामी पहिलेभन्दा बढी पाहुनामैत्री नभई हुन्न ।