२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

शब्द : आश गुरुङ

शब्द : आश गुरुङका लेखहरु :

हिउँले ढाक्यो मनाङ [फोटोफिचर]

हिमाली जिल्ला मनाङमा बस्ती ढाकिने गरी हिमपात भएको छ । माथिल्लो मनाङ र नार्पाभूमिका बस्तीमा बिहीबारदेखि हिमपात भइरहेको स्थानीयले बताएका छन् । बिहीबार पानीसहित परेको हिउँ पग्लिएकोमा शुक्रबार हिउँमात्रै परेकाले बस्ती पुरै हिउँमय भएको छ । माथिल्लो मनाङ गाउँस्थित होटल तिलिचोका संचालक छिरिङ लोप्साङ गुरुङका अनुसार बिहीबार परेको हिउँ पग्लिएको छ । रातिदेखि शुक्रबार दिनभरी परेको हिउँ भने पग्लिएको छैन । हिउँ पर्ने क्रम जारी छ ।