तस्बिर : इलिट जोशी

तस्बिर : इलिट जोशीका लेखहरु :

वाग्मती किनारमै जलाउन थालियो कोरोनाले मृत्यु भएकाको शव

पशुपति आर्यघाटस्थित विद्युतीय शवगृहको एउटा मेसिन बिग्रिएपछि कोरोनाबाट मृत्यु हुनेको शव वाग्मती किनारमै जलाउन थालिएको छ । पछिल्लो समय एउटा मेसिन बिग्रिएको र कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बढेकाले वाग्मती किनारमै शव व्यवस्थापन गरिएको हो ।

उपत्यकामा निषेधाज्ञाको पहिलो दिन : कतै जाम, कतै सुनसान [तस्बिरहरू]

कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आजदेखि १५ दिनलाई निषेधाज्ञा सुरु भएको छ । निषेधाज्ञाको पहिलो दिन बिहीबार उपत्यकाका सडकमा चहलपहल निकै घटेको छ । सडक क्षेत्रका पसलहरू खुलेका छैनन्  ।

स्वास्थ्य मापदण्डसहित रमजान प्रार्थना [तस्बिरहरु]

इस्लाम धर्मावलम्बीहरुको एक महिनासम्म चल्ने चाड रमजान पर्व मनाउने क्रममा भौतिक दूरी कायम गरी प्रार्थना गरिएको छ । कोरोना संक्रमण बढ्न थालेसँगै सरकारले धार्मिक कार्यहरु गर्दा पनि स्वास्थ्य मापदण्ड पालना गर्न, गराउन निर्देशन दिएको छ । सोही कारण काठमाडौंको काश्मिरी मस्जिदमा धर्मावलम्बीहरुले शुक्रबारे प्रार्थनामा भौतिक दूरी कायम गरी प्रार्थना गरेका हुन् । एक महिनासम्म चल्ने यो पर्वमा मुस्लिम समुदायहरु दिनभर निराहार बस्छन् ।

टोखामा मनाइयो बिस्केट जात्रा

कोभिड–१९ को दोस्रो लहरको जोखिमबीच टोखामा बिस्का: जात्रा मनाइएको छ । भक्तपुरमा जस्तै यहाँ पनि लिगो उठाउने/ढाल्ने र सिन्दुर जात्रा मुख्य आर्कषणको रुपमा लिइन्छ । यसबाहेक भक्तपुरमा जिब्रो छेड्ने, भैरवनाथ, भद्रकाली रथ यात्रा गरिन्छ भने टोखामा मुस्कानेश्वर महादेव, गणेश, सरस्वती, मसानकाली, सपनतीर्थ गणेश, कोथु गणेश र चण्डेश्वरीको मूर्तिलाई खत जात्रा गरी नगर परिक्रममा गरिन्छ ।अन्य ठाउँमा जीवित देवी कुमारी मात्र उपस्थित गराइन्छ । भने यहाँ कुमारीसँगै जीवित देवी गणेशको जात्रा गरिन्छ ।

राैनक पाहाँ चह्रेको [तस्बिरहरू]

काठमाडाैंको असनमा नेवार समुदायको महत्त्वपूर्ण पर्व पाहाँ चह्रे (पिशाच चतुर्दशी) सोमबार सम्पन्न भएको छ । लगातार तीनदिनसम्म चल्ने यो पर्वको समापनमा विभिन्न रंगका खट जुघाउने परम्परा छ । प्रत्येक वर्ष चैत्र कृष्ण औंसीमा मल्लकालीन विभिन्न टोलमा जमिनमुनि पुरिराखेको लुकुमाद्य: (लुकिराखेको महादेव) लाई खोस्रिएर बाहिर निकाली पूजा गरिन्छ । त्यसकै वरिपरि व्रतबन्ध नगरेका किशाेर र इही (बेलविवाह) नगरिएका किशोरीरूलाई भात खुवाइन्छ । लुकुमाद्य:को प्रसादका रूपमा त्यसरी भात खुवाउन दिएमा किशोरकिशोरीलाई रोगव्याधिले छुन सक्दैन भन्ने जनविश्वास छ ।

यस्तो देखियो टुँडिखेलमा घोडेजात्रा [तस्बिरहरू]

काठमाडाैं उपत्यकामा आइतबार विभिन्न कार्यक्रम गरी घोडेजात्रा पर्व मनाइएको छ । प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्वका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा नेपाली सेनाले विभिन्न कला–काैशल प्रस्तुत गरेका थिए । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दकिशोर पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा लगायत सरकारका विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो । उपत्यकामा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेकाले सुरक्षाको लागि सीमित पाहुना र कम सहभागी गराइ कार्यक्रम गरिएको नेपाली सेनाले जनाएको छ ।

भक्तपुरमा बिस्का जात्राको रौनक [तस्बिरहरु]

सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा शनिबारबाट सुरु भएको छ । यो जात्रासँगै भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा झुम्ने छ । जात्रा आज साँझ टौमढीस्थित ङातापोल (पाँचतल्ले मन्दिर) अगाडिबाट भैल खः (भैरवनाथको रथ) तानातान गर्दै सुरुआत गरिएको छ ।

बर्दियामा मान्छे आक्रमण गर्ने बाघ सदर चिडियाखानामा राखियो [तस्बिरहरू]

गैंडा गणनामा खटिएका एक कर्मचारीलाई आक्रमण गर्ने बाघलाई सदर चिडियाखानामा मंगलबार ल्याइएको छ । आइतबार हात्तीका लागि घाँस काट्दै गर्दा हात्तीसारका पछुवा पुलिसराम थारूको बाघले आक्रमण गर्दा ज्यान गएको थियो ।

बिस्का जात्रा पूजामा सीमित हुने भएपछि प्रदर्शन [तस्बिरहरु]

‍भक्तपुरमा मनाइने बिस्का जात्रा (बिस्केट जात्रा) यसपटक पूजामा सीमित हुने भएपछि स्थानीयले विरोध गरेका छन् । सोमबार ङातापोल (पाँचतले मन्दिर) चोकमा उनीहरुले विभिन्न नारा लेखिएका प्लेकार्डसिहत प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उनीहरुले 'हाम्रो बिस्का हाम्रो सान हो', 'नेवा चाड देशको आर्थिक मेरुदण्ड हो', 'नेवा एकता जिन्दावाद', 'हाम्रो जात्रा हामीलाई प्राणभन्दा प्यारो छ' लगायतका नारा लेखिएका प्लेकार्ड प्रस्तुत गरेका थिए ।