२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

गोकर्ण विष्ट

गोकर्ण विष्टका लेखहरु :

विकासका प्रयास परम्परामा आधारित

स्थानीय तहले पूर्वाधार निर्माणका लागि निश्चित विधि र कानुनी प्रावधान पालना गर्नुपर्छ । तर यसमा अहिले पनि केही समस्या  देखिएका छन् । स्थानीय पालिका र वडाले प्रोफाइल तयार पार्ने, तथ्यांकका आधारमा आवधिक योजना निर्माण गर्ने, सूचकांकका आधारमा भौगोलिक अवस्था, जनसंख्याको चाप, गरिबी र विकासको अबस्थाका आधारमा बजेट विनियोजन गर्नुपर्छ । 

श्रम संसार

लुम्बिनी श्रमशक्तिको हिसाबले महत्त्वपूर्ण प्रदेश हो । राष्ट्रिय श्रम सर्वेक्षण–२०१७/१८ को प्रतिवेदनअनुसार लुम्बिनी प्रदेशमा ३४ लाख ३७ हजार श्रमशक्ति छ । यतिको ऊर्जावान युवा श्रमशक्ति लुम्बिनीको समग्र विकासमा प्रयोग भएको छैन । झन्डै ८४.७ प्रतिशत युवाशक्ति अनौपचारिक रोजगारीमा आबद्ध छन् । औपचारिक क्षेत्रमा १५.३ प्रतिशत मात्रै छन् । अझ काम नै नपाउने अवस्थामा ११.२ प्रतिशत युवा देखिन्छन् ।

नेपालमा शिक्षकलाई योग्य बनाउन दिइने तालिम पर्याप्त छैन

हिजो एउटा यस्तो अवस्था थियो, विद्यालयहरू परिवर्तनका केन्द्र बन्थे । जनमत सिर्जनाका केन्द्र बन्थे । एकातर्फ विश्वविद्यालय/विद्यालय बढी आन्दोलित हुने गर्थे भने अर्कोतर्फ विद्यार्थीहरू शिक्षामा पहुँच नपाएका कारण सस्तो, सुलभ, रोजगारमुखी, वैज्ञानिक शिक्षाका कुराहरूलाई उठान गर्दे विद्यार्थी समुदायको माग पूरा गर्न दबाब दिने गर्थ्यो ।