वेदराज पौडेल

बेन्चपिच्छे फरक आदेश

सुनसरी जिल्ला अदालतले अंश मुद्दामा बेन्चपिच्छे फरक आदेश गरेको पाइएको छ । १ नम्बर बेन्चका न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालले अंश मुद्दामा चार अंशियारबीच ४३ कित्ता कायम हुने गरी मालपोतलाई आदेश दिएको प्रसंग नसेलाउँदै ७ नम्बरका न्यायाधीश खिमानन्द भुसालले सीपी १३२२ नम्बरको अंश चलन मुद्दामा चार अंशियारबीच चार कित्ताकाट गर्न मालपोतलाई आदेश दिन मानेन ।

अंशको नाममा प्लटिङ

सर्वोच्च अदालतले कृषियोग्य जमिनको खण्डीकरण रोक्न २०७४ फागुन २ गते गरेको निर्देशनात्मक आदेशविपरीत जिल्ला अदालत सुनसरीबाट एउटै कित्तालाई ४३ कित्तामा घडेरी बन्ने गरी चार अंशियारबीच मिलापत्रको निर्णय भएको छ ।

इटहरी गोल्डकप फाइनल आज : आर्मी र मनाङको होड

मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलको ट्रफीको छिनोफानो शनिबार हुँदै छ । फाइनलमा त्रिभुवन आर्मी र मनाङ मस्र्याङदी क्लबले उपाधि दाबेदारी प्रस्तुत गर्नेछन् । 

दुई दिनमै थ्रीस्टारसँग बदला

डिफेन्डिङ च्याम्पियन थ्रीस्टारलाई टाइब्रेकरमा ३–१ ले हराउँदै त्रिभुवन आर्मी क्लब सोमबार मदन भण्डारी स्मृति आमन्त्रण इटहरी गोल्डकप फुटबलको सेमिफाइनल पुग्न सफल भएको छ । 

मनाङ सेमिफाइनलमा

लिग विजेता मनाङ मस्र्याङ्दी क्लब आयोजक राष्ट्रिय जागृति (राजा) क्लबलाई २–१ ले हराउँदै मदन भण्डारी अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

वेदराज पौडेलका लेखहरु :

प्रदेश १ मा मनाइयो संविधान दिवस

संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा प्रदेश १ मा भव्यरुपमा मनाइएको छ । प्रदेश १ को अस्थायी राजधानी विराटनगरको सहिद रंगशालामा प्रदेश प्रमुख डा.गोविन्द तुम्वाहाङ तथा मुख्यमन्त्री शेरधन राईको आतिथ्य संविधान दिवस मनाइयो । विभिन्न विद्यालयका विद्यार्थी, विभिन्न जातजातीका झाँकी तथा नृत्य प्रस्तुत गरिए ।

यताका ढोई, उताका मत्ता

सबैभन्दा बढी हात्तीपीडित र प्रभावित भनेर चिनिएको बाहुनडाँगीले जानीनजानी हात्तीमाथि अन्याय गरेझैं लाग्छ । बंगालबाट बाहुनडाँगी हुँदै कोसीटप्पु आउने मत्ता (भाले) हात्तीहरू खासमा यताका ढोई (पोथी) सँग प्रेम र संसर्ग गर्न हत्ते हालेर लामो यात्रामा निस्केका रहेछन् । तर, अहिले बाहुनडाँगीको सीमावर्ती जंगलमा विद्युतीय तारबार लगाएपछि मत्ता–ढोईबीच न प्रेम छ, न संसर्ग नै ।