आदर्श ढकाल

आफ्नो तौल खोज्दै खेलाडी

आठौं राष्ट्रिय खेलकुदमा भारत्तोलनको प्रतिस्पर्धाका लागि काठमाडौंकी पल्लबी चौधरी उच्च आत्मविश्वासका साथ नेपालगन्ज पुगेकी थिइन् । आफ्नी छोरीको पहिलो राष्ट्रिय प्रतियोगिता हेर्न माता–पिता पनि सँगै थिए । प्रशिक्षकको लापरबाहीका कारण प्रतियोगिता खेल्नै नपाएपछि उनको आत्मविश्वास एकाएक निराशामा बदलियो ।

यूएईविरुद्ध ट्वान्टी–२० शृंखलाको अन्तिम खेल आज, नेपाललाई पहिलो अन्तर्राष्ट्रिय शृंखला जित्ने अवसर

सही समयमा दीपेन्द्रसिंह ऐरी लयमा फर्किएपछि संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको तीन ट्वान्टी–२० शृङखला पनि नेपाललाई जितको अवसर छ ।

शृंखलामा फर्कियो नेपाल

दीपेन्द्रसिंह ऐरीले आफ्नो फर्म सानदार शैलीमा फर्काएपछि नेपालले शुक्रबार यूएईसँगको दोस्रो खेल ४ विकेटले जित्दै ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला १–१ को बराबरीमा ल्याएको छ । यूएईले अघिल्लो दिन पहिलो खेल २१ रनले जित्दै शृंखलामा अग्रता लिएको थियो । 

नेपाल–यूएई शृंखला : नजर अब ट्वान्टी–२० मा

एकदिवसीय शृंखलामा ऐतिहासिक जितपछि अब पालो ट्वान्टी–२० को । नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध तीन खेलको ट्वान्टी–२० शृंखला बिहीबार सुरु गर्दै छ । टोलीको नजर अर्को यस्तै सफलतामा हुनेछ ।

नेपालको नजर पहिलो शृंखलामा

नेपालले सोमबार आईसीसी एकेडेमी ओभलमा संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको तीन एकदिवसीय शृंखलाअन्तर्गत अन्तिम तथा निर्णायक खेल खेल्दैछ । ऐतिहासिक पहिलो एकदिवशीय शृंखलामा विजय हासिल गर्न यो खेल नेपालका लागि महत्त्वपूर्ण छ । 

आदर्श ढकालका लेखहरु :

जितमा सोमपाल सन्तुष्ट

सोमपाल कामी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा ५ विकेट लिने नेपालको पहिलो बलर बनेका छन् । दायाँहाते तीव्र गतिका बलर उनी आफ्नो व्यक्तिगत प्रदर्शनभन्दा पनि टिमले जितेकोमा बढी खुसी थिए । उनको प्रदर्शनमा नेपालले शनिबार दोस्रो खेलमा यूएईलाई १ सय ४५ रनले पराजित गरी शृंखला १–१ को बराबरीमा ल्याएको छ ।

सचिनको रेकर्ड तोड्दै रोहितको कीर्तिमान, सबैभन्दा कम उमेरमा अर्धशतक

नेपालका रोहितकुमार पौडेल अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कम उमेरका खेलाडी भएका छन् । दुबईमा शनिबार यूएईसँग भएको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा रोहितले १६ वर्ष १ सय ४६ दिनमा अर्धशतक बनाउँदै सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने भारतका सचिन तेन्दुलकर र पाकिस्तानका शहिद अफ्रिदीको कीर्तिमानलाई तोडेका हुन् ।

सानो स्कोरमा झट्का

घरेलु टोली यूएईले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाललाई ३ विकेटले पराजित गरेको छ । सानो स्कोरको खेलमा पनि नेपालले झण्डै खेल पल्टाएको थियो ।

शृंखला जित्ने मौका

नेपाल शुक्रबार दुबईस्थित आईसीसी एकेडेमी ओभलमा उत्रँदा ऐतिहासिक क्रिकेट शृंखला जितको दाउमा हुनेछ । यूएई केही प्रमुख खेलाडीबिना खेल्न लागेकाले नेपालसँग शृंखला जित्ने अवसर छ ।

एकदिवसीय अन्तर्राष्ट्रिय: पहिलो जित

नेपालले अन्तिम बलसम्म पुगेको खेलमा नेदरल्यान्ड्सलाई एक रनले पराजित गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो जित हात पारेको छ । एमस्टलभिनस्थित भीआरए मैदानमा शुक्रबार दोस्रो खेलमा जित दर्ता गरेसँगै दुई खेलको शृंखला १–१ को बराबरीमा टुंगिएको छ ।