छठ पर्व अन्तर्गत शनिबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । छठ पर्वका पोखरी र जलासय लगायतका स्थान बेहुलीझै सिंगारिएको छ । मुलुकका विभिन्न स्थानका नदी र पोखरीमा जम्मा भएका श्रद्धालुहरुले समेत शनिबार साँझ सूर्यलाई अर्घ्य दिए ।छठको रौनकले तराईका जिल्लाका बजारदेखि ग्रामीण क्षेत्रको माहौल सिंगारिएको छ । काठमाडौंको कमलपोखरीमा पनि छठको रौनक देखिएको छ ।