डा. महेश्वर ढकाल

डा. महेश्वर ढकालका लेखहरु :

बाघबाट जनतालाई कसरी लाभ दिने ? 

विगत दस वर्षमा नेपालमा बाघको संख्या दोब्बरभन्दा बढीले वृद्धि भएको छ, जुन हामी सबैको सामूहिक प्रयासको उपलब्धि हो । यसमा हामी सबै सन्तुष्ट र खुसी हुनु स्वाभाविक पनि छ । नेपालजस्तै भुटान र भारतले पनि बाघको संख्यालाई दोब्बरभन्दा बढीले वृद्धि गरेका छन् । 

चुरेलाई हामी खुसी पार्न सकौंला ?

गत जेठ २६ गतेको कान्तिपुर दैनिकमा चन्द्रकिशोरको ‘मान्छेसँग खुसी छैन चुरे’ शीर्षक लेख पढेपछि मैले चुरे संरक्षण क्षेत्रका सरोकारवालाहरूलाई सम्झें । निजी क्षेत्रसँग त चुरे खुसी होस् पनि कसरी, जसको ध्याउन्न नै चुरेको ढुंगा, गिट्टी र बालुवा बेचेर धनी बन्ने दाउ मात्र छ । यो वर्ग यति धेरै शक्तिशाली छ, आफूले चाहेजस्तो भएन भने सरकारको नीति नै बदल्न पछि पर्दैन । पछिल्लो समय ढुंगा, गिट्टी र बालुवा बेचेर राजस्व बढाउने नाममा यो वर्गसँग स्थानीय तहको पनि घाँटी जोडिएको छ । यी दुवै वर्गलाई चुरे रिसाएकामा खासै चिन्ता छैन; कमाइको शृंखला टुट्नु भएन, बस । 

चुरेको माटो चुरेलाई, चुरेको पानी सबैलाई !

शिवालिकका रूपमा परिचित, तराई र महाभारत शृंखलाबीच पर्ने कान्छो र कमलो पहाडलाई चुरे क्षेत्र भनिन्छ । प्राकृतिक सम्पदामा धनी चुरे क्षेत्र जनसंख्या वृद्धि र बसाइँसराइसँगै मानव कल्याणका नाममा गरिने भौतिक विकासका कारण संकटमा परेको छ ।