शब्द/तस्बिर : माधव अर्याल

शब्द/तस्बिर : माधव अर्यालका लेखहरु :

रूरू क्षेत्रमा मकर संक्रान्ति मेला [फोटोफिचर]

मकर संक्रान्ति रूरू क्षेत्रमा नुहाउने र मेला भर्नेको आइतबार बिहानैदेखि भीड लागेको छ । संक्रान्ति नुहाउन पाल्पाका साथै गुल्मी, स्याङ्जा, अर्घाखाँचीलगायत मुलुकका विभिन्न भागका साथै भारतबाट समेत श्रद्धालु आएका छन् । तीन जिल्लाको संगमस्थल रिडी रूरू क्षेत्रमा तीन दिनसम्म मेला लाग्ने ऋषिकेशव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परशुराम भट्टराईले बताए । उनका अनुसार जेठी, माइली र कान्छी गरी तीन दिनसम्म काली गण्डकीमा नुहाउने र ऋषिकेशव मन्दिरमा दर्शन गर्ने गर्छन् । रूरू क्षेत्रमा माघे संक्रान्तिमा स्नान गरेमा पुण्य प्राप्त गरिने जनविश्वास छ ।

यसरी भासियो सिद्धार्थ राजमार्गको हिउँदेखोलामा सडक

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउँ गाउँपालिका–५, हिउँदेखोलानजिक झन्डै ५० मिटर सडक भासिएको छ । भासिएको सडकमा डाइभर्सन बनाएर सवारी आवागमन खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए ।