शब्ढ/तस्विर: ठाकुरसिंह थारु

यसरी मनाइँदै छ गुरही (तस्बिहरु)

मुलुकभरी नागपञ्चमी मनाइरहँदा पश्चिम तराईका थारु समुदायले सोमबार साँझ गुरही पर्व मनाई रहेका छन् । उनीहरुले नाचगान गर्दै पर्व मनाएका हुन । थालभरी (गुरही) कपडाले बनाइएका पुतली र युवाहरुको हातमा लठ्ठी र (बनकास) बाबियोको कोर्रा लिएर तयारी अवस्थामा रहे । महिलाहरुले गुरही उडाए । युवाहरुले लठ्ठी र कोर्राले पिटे । गुरही असराएलगत्तै घुघरीको प्रसाद सबैले खाए । महिलाहरु रामाउँदै घर फर्किए । रोपाई सकिएपछि यो पर्व मनाइने छ । यसलाई वर्षभरीको पहिलो पर्वका रुपमा मनाइन्छ । बालीनालीमा किरा नलगोस् भनेर नै गुरही पिटिन्छ ।

शब्ढ/तस्विर: ठाकुरसिंह थारुका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।