ऋषिराम पौडयाल

ऋषिराम पौडयालका लेखहरु :

बक्यौता नउठाउनेलाई कारबाही गर्न सुझाव

डेडिकेटेड र ट्रंक लाइन विद्युत् प्रयोग गरेबापतको करिब १० अर्ब बक्यौता रकम असुल नगर्ने नेपाल विद्युत् प्राधिकरणकाअधिकारीहरूलाई कारबाही गर्नुपर्ने संसदीय समितिको निष्कर्ष छ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले गठन गरेको अध्ययन उपसमितिले लोडसेडिङका बेला अतिरिक्त रकम लिई प्राप्त हुने डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता रकम नअसुल्ने प्राधिकरणका अधिकारीलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिनुपर्ने जनाएको छ । 

‘बूढीगण्डकीको शिलान्यास कहिले ?’

बूढीगण्डकी आयोजनाबारे यही समितिमा छलफल धेरै पटक गरियो । राष्ट्रिय गौरवको आयोजना भनेर चर्चा पनि धेरै भयो । शिलान्यासचाहिँ कहिले हुन्छ, मन्त्रीज्यू ? पर्यटनमन्त्री योगेश भट्टराईले मंसिरमा निजगढ विमानस्थल शिलान्यास गर्ने घोषणा गरे जस्तो नहोस्,’ राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा शुक्रबार भएको छलफलमा सांसदहरूले ऊर्जामन्त्री वर्षमान पुनलाई सोधे, ‘आयोजनाको मोडालिटी र लगानीको स्रोत के हो ?’ 

सुरक्षण मुद्रण प्रेस : निर्णयका कागजात पठाउन लेखाको पत्र

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सुरक्षण मुद्रण प्रेस स्थापना सम्बन्धमा गरिएको निर्णय र हालसम्म गरिएका प्रयाससँग सम्बन्धित सबै कागजपत्र उपलब्ध गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई बिहीबार पत्र पठाएको छ ।

प्रधानमन्त्रीको चेतावनी, ‘गणतन्त्रमाथि धावा बोले सरकार एक्सनमा जान्छ’

प्रधानमन्त्री केपी ओलीले लोकतान्त्रिक गणतन्त्रमाथि धावा बोल्न थालियो भने सरकार एक्सनमा जाने चेतावनी दिएका छन् । सिंहदरबारको पुतली बगैंचामा संघीय संसद् भवनको बुधबार शिलान्याय गर्दै प्रधानमन्त्री ओलीले गणतन्त्रविरुद्ध आवाज उठ्न थालिएकाले अब सरकार चुप नबस्ने बताएका हुन् ।

सांसद्को प्रश्नमा खानेपानी मन्त्रालयको जवाफ, 'काम सुरु भएको १० महिनामा मेलम्चीको पानी काठमाडौंमा'

खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले मेलम्ची आयोजनाको काम पुन: सञ्चालनमा आएको १० महिनाभित्र काठमाडौंमा पानी आइपुग्ने आश्वासन दिएका छन् । 

नीति तथा कार्यक्रम छलफल– 'हवाईजहाज राम्ररी चलाऔं, त्यसपछि पानीजहाज’

सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा भइहेको छलफलमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले दलगत आस्थाका आधारमा समर्थन र आलोचना गरेका छन् । सत्तापक्षका अधिकांश सांसदले नीति तथा कार्यक्रमले समाजवादको आधार तयार गरेको दाबी गरेका छन् ।

प्रधानमन्त्रीले झूटा प्रचार गरे : देउवा

प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवाले मुलुकको समृद्धि र विकासको नारा दिएको सरकारले महत्त्वपूर्ण समय खेर फालेर जनता निराश पारेको बताएका छन्  । संघीय संसदको सोमबार सुरु भएको अधिवेशनका क्रममा प्रतिनिधिसभा बैठकमा बोल्दै देउवाले प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा मुलुक समृद्धिको बाटामा अघि बढ्ने अपेक्षा गरिए पनि झन्डै डेढ वर्षको कार्यकालमै निराशामा परिणत भएको दाबी गरे  ।