बागलुङ

बागलुङका लेखहरु :

फुटबलर कमल बागलुङमा सम्मानित

तेह्रौं साफ च्याम्पियनसिपमा उपविजेता भएर घर फर्केका बागलुङका फुटबलर कमल थापा गृहजिल्लामा सम्मानित भएका छन् । बागलुङ जेसिजले शनिबार उनलाई उत्कृष्ट युवा सम्मान प्रदान गरेको हो । बागलुङ नगरपालिका–१० भकुन्डे घर भई हिमालयन शेर्पा क्लबमा अनुबन्धित कमलले माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिप खेलेका थिए ।

दोहोरो नागरिकता लिने पक्राउ

अभिभावक फेरेर दोहोरो नागरिकता लिएको आरोपमा प्रहरीले एक जना युवालाई पक्राउ गरेको छ ।बागलुङ नगरपालिका-६ का पंकज सापकोटालाई प्रहरीले सोमबार बेलुकी पक्राउ गरेको हो ।