२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

कान्तिपुर संवाददाता

कान्तिपुर संवाददाताका लेखहरु :

गणेशमान सिंह क्रिकेट : वाग्मती र कर्णाली विजयी

वागमती र कर्णाली प्रदेश टिमले वीर गणेशमान सिंह राष्ट्रिय पुरुष टी–२० क्रिकेट प्रतियोगितामा शुक्रबार जित हात पारेका छन् । मूलपानीको माथिल्लो क्रिकेट मैदानमा वाग्मतीले कोशी प्रदेशलाई ७ रनले हरायो । टोलीको यो दोस्रो जित हो ।

विश्वदीप पाण्डे प्रधानमन्त्रीको युवा तथा सामाजिक विकास विज्ञमा नियुक्त

प्रधानमन्त्री पुष्पकमल दाहालको युवा तथा सामाजिक विकास विज्ञमा विश्वदीप पाण्डे नियुक्त भएका छन् ।  वैशाख ६ गते बसेको मन्त्रिपरिषद् बैठकले पाण्डेलाई सामाजिक विकास विज्ञ नियुक्त गरेको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

धाविका सन्तोषी बूढानीलकण्ठकी ब्रान्ड एम्बासडर

प्रथम बूढानीलकण्ठ नगर सिल्ड खेलकुदका लागि आयोजक बूढानीलकण्ठ नगरपालिका र बूढानीलकण्ठ खेलकुद विकास बोर्डले धाविका सन्तोषी श्रेष्ठलाई ब्रान्ड एम्बासडर बनाउने भएको छ ।

बालगायक अशोक दर्जीको जीवनमा आधारित फिल्म बन्ने

बालगायक अशोक दर्जीको जीवन र सांगीतिक करिअरको उतारचढावमा आधारित फिल्म बन्ने भएको छ । एनआरएनए उपमहासचिव एवं युवा व्यवसायी विनय अधिकारीले ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ फिल्म निर्माण गर्न लागेको बताए । फिल्म अधिकारी र टंक बुढाथोकीको संयुक्त लगानीमा बन्ने जनाइएको छ ।

प्रधानसेनापति शर्मा भन्छन् : फास्ट ट्य्राक समयमै सकिन्छ, नसक्ने भए सक्दिनँ भनिदिन्थेँ

प्रधानसेनापति प्रभुराम शर्माले काठमाडौं–तराई-मधेश द्रुतमार्गको लागत हालसम्म नबढेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानसेनापति शर्माले काठमाडौं–तराई-मधेश द्रुतमार्ग तोकिएकै समयमा निर्माण सम्पन्न हुने बताएका छन् । 

एमालेको शनिबारदेखि महाधिवेशन प्रतिनिधि परिषद् बैठक

सत्तारुढ नेकपा एमालेको शनिबारदेखि महाधिवेशन प्रतिनिधि परिषद् बैठक बस्दै छ । ललितपुरको गोदावरीमा रहेको सनराईज हलमा शनिबार र आइतबार महाधिवेशन प्रतिनिधि परिषद् बैठक बस्ने शुक्रबार पार्टी मुख्यालय च्यासलमा पत्रकार सम्मेलन गरी महासचिव शंकर पोखरेलले जानकारी दिए ।

नेसपाद्वारा राजनीतिक संवाद समिति गठन

न‍ेपाल समाजवादी पार्टीले   मुद्दा मिल्ने शक्तिहरुसँग राजनीतिक संवाद र सहकार्य गर्न तीन सदस्य राजनीतिक संवाद समिति गठन गरेको छ ।

निर्धारित समयमै फास्ट ट्य्राक निर्माण सक्न सरकारलाई निर्देशन

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई-मधेश द्रुत मार्ग(फास्ट ट्य्राक) निर्धारित समयमै सम्पन्न गर्नेगरी आवश्यक संयोजन गर्न सरकारलाई निर्देशन दिएको छ ।