शिवपुरी

शिवपुरीका लेखहरु :

बाँध सार्न भारतको अझै आनाकानी

ईशनाथ नगरपालिका–१ बन्जाराहास्थित नेपाल–भारत सीमा क्षेत्रमा भारतले दशगजा मिचेर लगाएको बाँध सार्न अझै आनाकानी गरेको छ । स्थानीय प्रशासनले सार्न दबाब दिँदै आए पनि भारतीय पक्षले टारिरहेको हो । सीमा मिचेको प्रमाणित भएको डेढ वर्ष बितिसक्दा पनि हटाइएको छैन । यसअघिको सीमा सुरक्षा बैठकमा नेपाली अधिकारीले यही विषयमा कुरा उठाएका थिए ।