धरान घुम्न आउनेहरु प्रायः कालो बङ्गुरको मासुसँगै तोङ्बा र बियरको चुस्की लाउन चाहन्छन् । बियर, रक्सीको बढी खपत हुने बजार पनि हो धरान । तर, पछिल्लो समय स्थानीयवासी स्वाद फेर्दै कफी र चियातिर आकर्षित देखिएका छन् । गफगाफको जमघट हुने थलो पनि कफी र चिया पसल नै बन्न थालेको छ ।