शैलेन्द्र साकार

शैलेन्द्र साकारका लेखहरु :

तालीको इतिवृत्त

विश्व सिग्देलको नयाँ कविता–किताब ‘तालीको समाजशास्त्र’ शालीन विद्रोहका रूपमा प्रस्तुत भएको छ । प्रथम कविता ‘सार्वजनिक शौचालय’ लाई संसद्सँग दाँज्ने साहस गर्ने सिग्देल नयाँ विम्ब सृष्टि गर्छन्— अघिल्लो दिनजस्तै आज पनि तिमी बुद्ध बनेर निस्कने छौ— संसद्भवनबाट । 

कुन कुनामा थन्क्याऊँ सम्झना ? 

१२ वर्षपहिले अमेरिकाबाट फर्कने बेला मैले एउटा गीत लेखेको थिएँ । छिन्नलता पुरस्कार गुठीमा विगत ३० वर्षभन्दा पहिलेदेखि नै कार्यसमितिमा कैयौंपल्ट निर्णायक भएर बस्ने अवसर मिले पनि गीत रचनामा मेरो त्यति रुचि रहेन । गीतकार किरण खरेल र राजेन्द्र थापाका गीतहरू मन पर्थे, रुचाउँथें त्यति हो ।

आसभिलमा स्यान्डवर्ग

२० जुलाई २०१९ ।भोलि छोरीको जन्मदिन । अमेरिकामा अरू चाडभन्दा आफ्नो जन्मदिनलाई विशेष दिनका रूपमा मनाइने चलन छ । तर, अघिल्लो दिनको रातको १२ बजेपछि मात्र जन्मदिनको रूपमा मान्ने विश्वव्यापी चलन भएकाले आजको दिन कतै गएर बिताऔं भन्ने सल्लाह भयो ।