३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

शंकरमान सिंह

शंकरमान सिंहका लेखहरु :

चाडपर्वमा रुवाउने प्याज

भारतमा बढेको प्याजको मूल्यको असर नेपाली बजारमा पनि परेको छ । काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा प्याजको मूल्य कात्तिक पहिलो हप्ता प्रतिकिलो ८० रुपैयाँ तोकिएको छ, असोजमा प्रतिकिलो ४६ रुपैयाँ थियो । एक महिनामै प्याज ३४ रुपैयाँ महँगिएको छ । अन्य समयका तुलनामा दसैंजस्ता चाडपर्वमा प्याजको माग ह्वात्तै बढ्छ, मागसँगै मूल्य पनि ।

पेट्रोलियम मूल्यवृद्धि र असंवेदनशील सरकार

वार्षिक तेल व्यापार ३०० अर्ब डलरभन्दा माथि भएका तेल उत्पादक राष्ट्रहरूको मनपेट यत्रो आम्दानी हुँदा पनि भरिएको छैन । अर्गनाइजेसन अफ पेट्रोलियम एक्सपोर्टिङ कन्ट्रिज (ओपेक) ले तेलको मूल्य वृद्धि गरिरहेकै छ । तर नेपालमा तेलको मूल्य वृद्धि यही कारणले होइन कि पहिला दिइँदै आएको अनुदानको रकम झिकी, क्रस सब्सिडीको व्यवस्था खारेज गर्दै मूल्य सीधा व्यापारिक हिसाबकिताबले समायोजन गरी निर्धारण गरिएकाले भएको हो ।