सरला गौतम

यशोधराको बुद्धत्व !

प्रभातकाल छ  । रवि पूर्वमा लालिमा छरेर मुस्कुराइरहेछन् । गाइरहेछन् गीत चराहरू । खुलिरहेका छन् फूलका पत्र पत्र पनि । ‘अप्पो दिप्पो भव’ बुद्ध वाणीले झंकृत भएको छ मन । यही धर्म वाणी त हो जसले सहरको बिष शरीरका कोषहरूमा भरिएर पनि उज्यालो हुन सिकाउँछ ।

द्रौपदीको महाभारत !

चकमन्न छ सहर  । नेपथ्यमा गुन्जन्छ आवाज ‘महा...भारत’  । नारायणगढ बजारका मानिसहरू ताँती लागेर टेलिभिजन पसलमा उभिन्छन् । खचाखच । कथाको उतारचढाव हेरेर धड्कन्छ मानिसहरूको दिल । दिलको धड्कन र टीभीको आवाजको ककटेल । नशामा लठ्ठ हुन्छ एउटा समय ।

फुक्काफाल केटीहरु

 दशकौंदेखि जुधेको अँध्यारो, जँडयाहाका हुँकार र भोकले भन्दा नारीवादका नाममा बर्सिएका व्यंग्य, कटाक्ष र गालीले गलायो । त्योभन्दा बढी आफूमाथि अन्याय हुँदा मौन बसेर साथ दिनेहरूको मौनताले बिषजस्तो गरी पोल्यो । व्यक्तिगत आक्रमण भइरहेछ । मानिसहरू मानसिक हिंसामा उत्रेका छन् । भलाद्मीहरू निर्धक्क सल्लाह दिन्छन् ‘लेखको टिप्पणी सहनुपर्छ ।’

कर्णालीका घोडावालीहरू

सूर्य पनि अस्ताउन मात्र आउँछ भनिन्छ पश्चिममा । तर, सूर्यभन्दा तेजिला राप बनेर पश्चिमका छोरीहरू उदाउँदै छन् । कोही घोडचढी बनेर, कोही कराँते ब्ल्याकबेल्ट त कोही मुलुककै कम उमेरका उपमेयर बनेर दिदीबहिनीहरू पश्चिमबाट उदाइरहेका छन्, देश–दुनियाँलाई देखाउने गरी ।

सरला गौतमका लेखहरु :

सपनाको मुकाम

पत्रकार सरलाले ठीक दुई वर्षअघि लेखेकी थिइन्— सपनाको ट्रान्जिट । कर्णाली प्रदेशको उही थातथलोमा पहिले रोग, शोक र भोक थियो ।

त्यो खुसी–खुसी गाउँ

भदौको महिना छ । चुनावको रौनक छ । सर्लाहीको शंकरपुर गाउँमा छु म । झुलेका धानका बोटहरूभित्रै लुक्न आएको थियो घाम, रातै आभामा । त्यही प्रकाशले सुन्तले थियो उनको अनुहार । आँगनकै आँपको गाछीमा बसेर सुनाउँदै थिइन्— कहर जितेर बनाएको रहरको जिन्दगीको कथा ।