विपिन श्रीस

किन सुस्ताए विद्यार्थी संगठन ?

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को मूल प्रवेशद्वार, उपकुलपति कार्यालय र विश्वविद्यालय क्याम्पस कीर्तिपुर पुग्नुभयो भने नारासहितको एउटा ब्यानरले तपाईंको ध्यानाकर्षण गर्छ, ‘विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्न दबाब सिर्जना गरौं । विश्वविद्यालयको स्वायत्त आयोग गठन गरी पदाधिकारी चयन गरौं । दलीय भागबन्डाबाट नियुक्ति लिएर विश्वविद्यालय आउने पदाधिकारीलाई बहिष्कार गरौं ।’ 

अझै बनेन केन्द्रीय पुस्तकालय

भूकम्प गएको चार वर्ष बितिसक्दा पनि त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको क्षतिग्रस्त भवन पुननिर्माण हुन सकेको छैन । पुस्तकालय भवनका चारवटा कोठा काम नलाग्ने गरी क्षति भएका थिए ।

कुत तिर्दैनन् स्वर्गद्वारीका मोही

दाङ र प्युठानमा रहेको स्वर्गद्वारी आश्रमका झन्डै ६० प्रतिशत मोहीले ‘कुत’ बुझाउन छाडेका छन् । आश्रम र किसानबीच ०६५ सालबाट निरन्तर कुत बुझाउने सहमति भएको थियो । केही वर्ष सबैले तिरे पनि अहिले झन्डै ४० प्रतिशतले मात्र नियमित तिर्छन् ।

अपांग कोषलाई बजेट पुगेन

बजेट र जनशक्ति अभावका कारण राष्ट्रिय अपांग कोषबाट लक्षित व्यक्तिहरूले सबै सेवा पाउन सकेका छैनन् । कोषको सूचीअनुसार उसले अपांगता भएकाहरूलाई १ सय ७ प्रकारका सेवा दिनुपर्छ । 

नेकपाको विकल्पको कल्पना पनि गर्न सकिँदैन : नेता नेपाल

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाल कम्युनिष्ट पार्टीको विकल्पको कल्पना पनि गर्न नसकिने बताए । नेकपाको मुकाबिला गर्ने हैसियत, खुबी र क्षमता भएको अरु कुनै पार्टीमा नरहेको उनको भनाइ छ ।

विपिन श्रीसका लेखहरु :

समाजवादको नयाँ मोडेल नेपालले विकास गर्नुपर्छ : दाहाल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले २१ औं शताब्दीमा सामाजिक न्याय र सबैले उपभोग गर्न पाउने समृद्धिसहितको समाजवादको नयाँ मोडेल (नमुना) नेपालले प्रस्तुत गर्नुपर्ने बताएका छन् । नेकपाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको छैटौं स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, ‘सगरमाथाको उचाइ भएको यो देशबाट २१ औँ शताब्दीमा समाजवादको एउटा नयाँ धारा, एउटा नयाँ मोडेल विश्वलाई दिन सकिन्छ, सक्नुपर्दछ ।’

पार्टी एकतापछिका बाँकी काम साउनभित्रै टुंग्याउँछौं : दाहाल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको काम केही दिनभित्रै टुंग्याउने बताएका छन् । ४१ औं पुष्पलाल स्मृति दिवसको अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एकताको काम करिब-करिब निष्कर्षमा पुगेको जानकारी दिएका थिए ।

‘चित्रले गर्छ मनोपचार’

कला किन ? कसका लागि ? र केका लागि ? बहस पुरानै हो । चित्रकार प्रकाश रञ्जितले भने आफ्नै लागि कलाकर्म गरे । ललितकलाका यी स्नातकले आफ्नै मनोवैज्ञानिक उतारचढावलाई चित्रमा उतारे, प्रदर्शनीमा ल्याए ।

इस्पातका टुक्राबाट आकृति

मूर्तिकार राजु पिठाकोठे बुधबार राजधानीको नक्साल सीताभवनस्थित ललितकला प्रज्ञा प्रतिष्ठानको परिसरमा इस्पातका टुक्राटाक्री बटुल्दै थिए । उनका लागि ती फगत इस्पातका टुक्रा थिएनन् ।

प्रज्ञा प्रतिष्ठानलाई असारे चटारो

‘नेपालका केही प्रमुख भाषाहरूको लेखन : स्थित, समस्या र सम्भावना’ विषयक दुईदिने राष्ट्रिय अक्षर गोष्ठी हालै राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा सम्पन्न भयो । गोष्ठी नेपाल प्रज्ञा प्रतिष्ठान भाषा (नेपाली भाषा, कोश र व्याकरण) विभाग एवं भाषा (मातृभाषा, कोश र व्याकरण) विभाग, भाषा आयोग तथा अक्षर सदनले गरेको थियो ।