१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

प्रेमसागर कर्माचार्य

प्रेमसागर कर्माचार्यका लेखहरु :

दानमा लिएको रगतको बिक्री

संसारको कुनै पनि कुनामा रक्त व्यवस्थापनको अहम् भूमिका कसैले निर्वाह गरिरहेको छ भने त्यो केवल स्वयंसेवी रक्तदाताहरूको समूहले गरिरहेको छ । बिनारगत कुनै पनि अत्याधुनिक उपचार सार्थक हुन सक्दैन । तसर्थ रगत र रगतबाट तयार पारिएका रक्त–तत्त्वहरूको महत्त्व तथा उपादेयताबारे सम्बन्धित निकायका जिम्मेवार व्यक्तिहरू जानकार हुन र यसप्रति समर्पण देखाउन जरुरी छ ।

दान गरेको रगतमा पनि व्यापार !

प्रत्येक जुन १४ मा विश्व रक्तदाता दिवस मनाइन्छ र यसपालिको नारा हो- ‘रक्तदान कार्यमा ऐक्यबद्धता जनाऔं । जीवन बचाउने अभियानमा सहभागी होऔं ।’ सन् २००४ देखि प्रत्येक वर्ष संसारभरि नै यस्तै नाराबीच विश्व रक्तदाता दिवस मनाउँदै आइएको छ । यो वर्षको नाराले तपाईं हामीलाई पनि रक्तदान कार्यमा कुनै न कुनै कोणबाट ऐक्यबद्धता जनाउन आग्रह गरेको छ ।