सरुभक्त

सरुभक्तका लेखहरु :

वात्स्यायनका ती ‘चील–आँखा’

कलादृष्टि कला के हो ? सायद हेर्ने दृष्टि ! जीवन र जगत्लाई हेर्ने दृष्टिको प्रतिविम्बन हो कला । हेर्दा जेम्स बेव टेलिस्कोपबाट जति ब्रह्माण्ड देखिन्छ, त्यो प्रकृतिको कला हो, जति देखिँदैन, त्यो अज्ञात अविदितको कला हो । स्थानिक रूपले ब्रह्माण्डको कुनै अस्तित्व छैन भन्नेहरूका स्थानिक वा भौतिक अस्तित्व छन् कि छैनन् ? प्रश्न आमन्त्रित छ । कला चेतनाले स्पर्श गर्दा अयथार्थ ब्रह्माण्ड (लोकल्ली अनरियल युनिभर्स) एक कला कल्पनाजस्तो लाग्छ । ब्रह्माण्डीय सृष्टि कला, विनाशका प्रक्रम कला, जीवन कला, मृत्यु कला, ईश्वर कला, अनिश्वर कला ! विशाल–सूक्ष्म र भरिएको–रिक्त ब्रह्माण्डका कला सत्य कि भ्रम ? प्रश्न आफैंमा कला । उत्तर अनन्त छन् ।

प्राज्ञिक अपराधको विपक्षमा

सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यू,यतिखेर प्रधानमन्त्रीको हैसियतमा तपाईंका अधिकार र कर्तव्यको व्याख्यान छाट्ने कथित विद्वान् वा बुद्धिजीवी भएको स्वाङ नपारी समस्त नेपाली साहित्य वाङ्मयप्रेमी र विशेष महाकवि लक्ष्मीप्रसाद देवकोटामाथि अपार श्रद्धा राख्ने उनैका एक अनुयायी भएको नाताले अत्यन्त जरुरी मानी यो सार्वजनिक पत्र लेख्ने दृढता गरेको छु ।

लोककविज्यू, आकाशमा बादलु डम्मै छ !

लोककवि अली मियाँ (विसं १९७५ फागुन १५–२०६३ साउन १८) ले जीवनका दुःखहरुको गीत रचे, प्रकृतिको गीत रचे, संस्कृतिको गीत रचे, क्रान्तिको गीत रचे । अली मियाँसँग असल संगतमा रहेका कवि सरूभक्त भन्छन्, ‘उनका गीतहरु कविता थिए, कविताहरु गीत थिए ।’ अली मियाँ स्मृति दिवस (साउन १८) को सन्दर्भमा उनको सम्झना :