१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

तुलाराम पाण्डे

तुलाराम पाण्डेका लेखहरु :

कालीकोटमा मतगणना १ बजेबाट

कालीकोटमा मतगणना मंगलबार दिउँसो १ बजेबाट सुरु हुने भएको छ । जिल्ला प्रशासनमा कार्यालयमा बसेको सर्वदलीय बैठकले मंगलबार दिउँसो १ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो । 

कालीकोटमा दुई मतदान केन्द्रको चुनाव स्थगित, जेठ १ गते हुने

यहाँको रास्कोट ४ स्थित रमालमस्टो आधारभुत विद्यालय र पचालझरना ३ जनता मावि खार्दु मतदान केन्द्रको चुनाव स्थगित भएको छ । रास्कोटमा माओवादी केन्द्र र अन्य दलका कार्यकर्ता बीच विवाद हुदा झडप भएकोले चुनाव स्थगित गरिएको हो भने खार्दुमा काग्रेस, माओवादी केन्द्र र विप्लव समूहबीचको त्रिपक्षीय ढुंगामुडाले मतदान स्थगित गरिएको प्रजिअ रामहरि शर्माले बताए ।

खडेरीले खायो बाली

खाडाचक्र–१ चौरका भीमबहादुर खड्काले गत कात्तिकमा १२ पाथी बीउ जाने पाखोबारीमा गहुँ छरे । असोज मसान्तमा धनजनको क्षति हुने गरी भीषण बेमौसमी वर्षा भएपछि गहुँ पनि राम्रै उम्रियो । तर फागुनपछिको सुक्खा खडेरीले गहुँ सुकेर पाखो बाँझो बनेको छ । 

हटेन छोराछोरीबीचको विभेद

छोरा जन्मिएको खुसियालीमा नरहरिनाथ–३ भैसाखालका जैसिगे विकले पञ्चेबाजासहित हुड्के नचाउँदै नवजात शिशु र पत्नी अमनालाई घर ल्याए । अमनाले गत सोमबार कुमालगाउँस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा छोरा जन्माएकी थिइन् । उनीहरू कुमालगाउँ हुँदै घर फर्किने क्रममा अमनाको घाँटीमा समेत परिवारका अन्य सदस्यले रुपैयाँको माला लगाइदिएका थिए ।